जंगली मेलमा कलमी अभियान

बाजुरा(मार्तडी) । कृषि ज्ञान केन्द्र बाजुराले जिल्लामा १ लाख जंगली मेलका बोटमा नास्पाती कलमी अभियान सञ्चालन गर्ने भएको छ । बाजुरा जिल्लाका सबै स्थानिय तहमा प्रशस्त मात्रामा जंगली मेल पाइन्छन् । आजसम्म मेलको प्रयोग सामान्य दाउराका रूपमा मात्रै प्रयोग भएको पाइन्छ । पहिलेपहिले मेलबाट खुँदो बनाउने प्रचलन रहेको थियो । तर, आजभोलि त्यो पनि लोप भइसकेको अवस्था छ ।

जंगली मेल र नास्पातीको प्रजाति एउटै भएकाले मेलमा नास्पाती कलमी गरी माथिको बोटलाई सजिलै नास्पाती बनाउन सकिन्छ । तल मेलको जरा नै हुने भएकाले यसमा रोग कम लाग्ने गोडमेल तथा मलखाद प्रयोग गर्नु नपर्ने जिल्ला कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशीले बताए । लामो समयसम्म टिकाउ हुने र जंगलमा प्रसस्त मात्रामा आफै उम्रिने भएकाले गर्दा जंगलमा खेर गइरहेको मेलको बोटलाई सामान्य व्यवस्थापनमा पनि नास्पाती फलमा रूपान्तरण गरिएको उनको भनाइ छ । यसबाट ताजा फल बिक्री, जाम तथा जेली बनाउनुका साथै बाँकी नास्पातीबाट बार्जु वाइन तयार गरी बिक्री वितरण गरी सजिलै आम्दानी गर्न सकिने जैशीले बताए ।

जिल्लामा प्रशस्त मात्रामा मेल पाइने भएकाले सबै स्थानीय तहका मेलका बोट भएका गाउँ तथा सामुदायिक वनमा पाँच वर्षमा कम्तीमा १ लाख खेर गइरहेका मेलका बोटलाई नास्पाती बनाउने लक्ष्यका साथ काम भइरहेको छ । यस वर्ष नौवटै स्थानीय तहका नौवटा ठाउँमा फागुन पहिलो साताबाट १० हजार मेलका बोटलाई नास्पाती बनाउनेगरी अभियान अघि बढाइएको ज्ञान केन्द्र बाजुराका प्रमुख गोबिन्द सिजापतिले बताए ।

यसका लागि फलफूल विकास केन्द्र कीर्तिपुर काठमाडौंबाट जापनिज नास्पातीको साइन र दक्ष जनशक्ति ल्याएर यहाँका प्राविधिकलाई कलमी गर्ने तरिका’bout तालिम दिई २७ जना प्राविधिकलाई यो कामका लागि फिल्डमा परिचालन गरिने सिजापतिले स्पष्ट पारे ।

कलमी गरेको तीनदेखि चार वर्षमा यी बोटले उत्पादन दिन सुरु गर्ने सिजापतिको दाबी छ । यस कार्यक्रमबाट तीनदेखि चारवर्षमा करिब लाख क्वीन्टल नास्पातीको फल उत्पादन भई ५० करोडबराबरको ताजा फल उत्पादन हुनेछ जैशीको पूर्वाअनुमान छ ।

तपाइको प्रतिक्रिया
(Visited 638 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीको कविलासी मेयरर उपमेयरमा कांग्रेस विजयी