कपिलवस्तु १ मा एमालेको ‘क्लिन स्विप’

कपिलवस्तु । कपिलवस्तु क्षेत्र नं १ मा एमालेले ‘क्लीन स्वीप’ गरेको छ । एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको दुवै क्षेत्रमा विजय हासिल गरेको हो ।

बिहिबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका चक्रपाणी खनाल (बलदेव) लाई हराउँदै नेकपा एमालेका बलराम अधिकारी प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

अधिकारीले ३२ हजार ३ सय ७ मत ल्याएर विजय हासिल गर्दा चक्रपाणी खनालले १७ हजार ५ सय २० मत प्राप्त गरे । यस्तै प्रदेशतर्फ क्षेत्र नम्बर १ मा एमालेका बिष्णु पन्थी २२ हजार २ सय ४७ मतका साथ विजयी भए भने सत्ता गठबन्धनबाट नेपाली काङ्ग्रेसका उमेदवार डोलकराम घिमिरेले १५ हजार ७ सय ९७ मत ल्याएर पराजित भए ।

यस्तै क्षेत्र नम्बर २ मा मधुसुधन चौधरीले ११ हजार ७ सय ४८ मत ल्याएर विजयी भए भने पराजित नेपाली काँग्रेसका सहस राम यादवले ९ हजार ६६ मत प्राप्त गरे ।

तपाइको प्रतिक्रिया
(Visited 75 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

दलहरू सुध्रिएनन् भने राजनीतिक दलहरुप्रति वितृष्णा अझ बढेर जान सक्छ : सीके राउत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९