उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले पाँच वर्षिय नाबालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । त्रियुगा नगरपालिका– ८ शाही खोला बगरस्थित नाबालिकालाई त्रियुगा नगरपालिका–९ उत्तराईटोलका २२ वर्षिय उमेश सदालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) बीरबहादुर बुढा मगरले जानकारी दिए ।
आरोपित सदालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । नाबालिकाको स्वस्थ्य परिक्षण गराई उपचार भई रहेको बताएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 231 times, 1 visits today)






