भारतको हरिद्धार जिल्लाको मंगलौर कोतवाली क्षेत्रमा छोरीको विवाह हुनु १० दिन अगाडी आमा प्रेमिकासंग भागेकी छिन् । छोरीको विवाहका लागि किनिएको गरगहना समेत आमाले लिएर हिँडेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ ।
सो गाउँकी ३८ वर्षिय महिला आफ्ना तीन सन्तानलाई छाडेर लाखौं रुपैया लिएर प्रेमीसंग भागेका छन् । उनीहरु दुबै एउटै कम्पनीमा काम गर्ने गरेको परिवारका सदस्यको भनाई छ ।
भारतिय समाचार संस्थाले उल्लेख गरे अनुसार महिलाको श्रीमानको एक वर्ष अघि निधन भएको थियो । महिलाका तीन सन्तान मध्ये जेठी छोरीको आउदो १४ डिसेम्बरमा विवाह हुँदैछ । घरमा विवाहको चहल पहल हुँदै गर्दा महिला भागेपछि परिवारका सदस्य तनाबमा छन् । अहिले प्रहरीले हराएकी महिला र प्रेमीको खोजी सुरु गरेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 886 times, 1 visits today)






