विकासमा चासो देखाउँदै नयाँ अनुहार

काठमाडौं । गत ४ मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाबाट निर्वाचित नयाँ अनुहारका सांसदले भौतिक पूर्वाधार तथा विकास निर्माणप्रति बढी चासो देखाएका छन् ।

विभिन्न दलबाट दोहोरिएकाभन्दा नयाँ अनुहारका सांसदले पद तथा गोपनीयताको शपथ लिन नपाउँदै आफू निर्वाचित क्षेत्रको विकास निर्माणको ढिलासुस्ती’bout खबरदारी गर्न सुरु गरेका हुन् ।

भौतिक पूर्वाधार तथा विकास निर्माणको ढिलासुस्तीबाट आजित मतदाताले चुनावताका सडक बाटो निर्माण, खानेपानीजस्ता विषयलाई सम्बोधन गर्न माग गरेका थिए ।

नीति निर्माणलगायतको कामको मुख्य जिम्मेवारी पाएका सांसदहरूले निर्वाचन लगत्तै नागरिकको गुनासोलाई सम्बोधन गर्न सडक बाटोलगायतका विषयलाई पहिलो प्राथमिकता दिएको पाइन्छ ।

प्रतिनिधिसभाअन्तर्गत ललितपुर क्षेत्र नम्बर तीनमा बहालामन्त्रीलाई पराजित गर्दै निर्वाचित डा. तोसिमा कार्कीले गत साता सडक विस्तार आयोजना प्रमुख कृष्ण ओझालाई भेटेर आफ्नो क्षेत्रको विकास निर्माणका विषयमा खबरदारी गर्दै कामको सुरुवात गरेको घोषणा गरेकी थिइन् ।

उनले सोही दिन आयोजनाका विषयमा कन्ट्रयाक’bout विस्तृत जानकारी लिएको र ठेकेदार र इन्जिनियरलाई पनि फोन गरी ढिलासुस्ती आनाकानी नगर्न सुझाएको बताएकी छन् । ‘अब अर्को कदम स्थलगत भ्रमण गर्नेछौं, साथै निरन्तर फलोअप, अपडेट र समन्वयको लागि हाम्रो टिमबाट केही साथी पनि आयोजना स्थलमै खटिनुहुन्छ,’ कार्कीको भनाइ छ ।

काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी सोविता गौतमले पनि विकास निर्माणका काममा सक्रियता देखाएकी छन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित गौतमले मंगलबार क्षेत्र नम्बर २ भित्र पर्ने ६ वटा विकास निर्माणसम्बन्धी विषयमा सम्बन्धित निकायसँग छलफल गरेकी छन् ।

सडकको निर्माण, सुधार र मर्मत कार्यको प्रगतिको सन्दर्भमा सडक डिभिजन कार्यालय प्रमुख नारायणप्रसाद निहुरे, इन्जिनियर तुलाकान्त चौधरी, इन्जिनियरलगायतसँग छलफल भएको उनको भनाइ छ ।

उनले साँखु–फड्केश्वर सडक, साँखु–बज्रयोगिन–चौकिभन्ज्याङ–धारापानी–पटाप कुण्डेश्वर सडक, जर्सिङपौवा–भोटेचौर सडक, मूलपानी–ब्रम्हाखेल सडक, बोडे–मूलपानी–क्रिकेट ग्राउन्ड–गोकर्ण सडक र पेप्सीकोला–मूलपानी–पीपलबोट निर्माणाधीन सडकको विषयमा छलफल भएको बताएकी छन् ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित १ सय ६५ निर्वाचित सदस्यमा नयाँ अनुहारका सदस्यले सुरुवातमै विकास निर्माणलगायतका विषयमा चासो देखाएको पाइन्छ भने पुराना दोहोरिएका सदस्यले भने विकास निर्माणजस्ता विषयमा खासै चासो देखाएको पाइँदैन ।

दोहोरिएका प्रतिनिधिसभा सदस्यमा निर्वाचित खादा माला र बधाई कार्यक्रममा बढी सहभागी भएको समेत पाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 219 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेपाल–भारत डीआईजीस्तरीय सीमा बैठक : सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण सम्बन्धमा गम्भीर छलफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा दुई स्थानीय तहमा मात्रै प्रमुख पदमा महिला उम्मेदवार