१० हजार विद्यार्थी दीक्षित हुँदै

काठमाडौं । देशकै ठूलो जेठो त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ४८औं दीक्षान्त समारोहमा साढे १० लाख विद्यार्थी दीक्षित हुँदै छन् । ललितपुरस्थित पुल्चोक क्याम्पस खेल मैदानमा भोलि शुक्रबार त्रिविले ४८औं दीक्षान्त समारोह मनाउँदै छ समारोहमा १० हजार ३ सय ९२ विद्यार्थी दीक्षित हुनेछन् ।

दीक्षान्त मूलसमारोह समिति सदस्यसचिव साधुराम अर्यालका अनुसार १ असार २०७८ देखि २०७९ जेठ मसान्तभित्रसम्म ‘ट्रान्सक्रिप्ट’ लिएका विद्यार्थीले समारोहमा भाग लिन पाउनेछन् । उनका अनुसार १० हजार ३ सय ९२ विद्यार्थीले सहभागिता जनाउने छन् ।

१ असार २०७८ देखि २०७९ जेठ मसान्तसम्म ७० हजार विद्यार्थीले ट्रान्सक्रिप्ट लिएका छन् तर दीक्षान्त समारोहमा सहभागिताका लागि १० हजार ३ सय ९२ जनाले मात्र आवेदन दिएका हुन् ।

समारोहमा स्नातक तहतर्फ ६ हजार ६ सय ९१, स्नातकोत्तरतर्फ ३ हजार ५ सय ४९, एमफिल ५५ र विद्यावारीधितर्फ ९७ विद्यार्थी दीक्षित हुनेछन् । दीक्षित विद्यार्थीका एक अभिभावक समारोहमा सहभागी पाउने त्रिविले जनाएको छ ।

स्नातकतर्फ ३ हजार ७ सय, स्नातकोत्तर तह र एमफिल दुवैमा ४ हजार २ सय तथा विद्यावारीधिमा ४ हजार ७ सय शुल्क लाग्ने छ । यसका लागि समयावधि तोकेको त्रिविले शुल्क बुझाएपछि ‘गाउन’ उपलब्ध गराउने गर्छ ।

समारोहमा त्रिवि कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललगायत सहभागी हुँदै छन् ।

समारोह समिति सदस्यसचिव साधुराम अर्यालले ‘प्रमुख अतिथि’का रूपमा भारतको सेन्टर युनिभरसिटी अफ पञ्जावका पूर्वउपकुलपति राघवेन्द्र पी तिवारीलाई निमन्त्रण गरिएको जानकारी दिए ।

एमफिल, विद्यावारीधि र सर्वोकृष्ट अंक ल्याउनेलाई पदक वितरण गरिने समारोहमा दीक्षित विद्यार्थीलाई गत १५ देखि २२ मंसिरसम्म गाउन÷स्काफ वितरण तालिका सार्वजनिक गरिएको थियो ।

त्रिविका अनुसार समारोहमा छात्रले आफूखुसी पोसाकमा कोट, पाइन्ट, टाई र भादगाउँले टोपीसहित त्रिविले उपलब्ध गराएको गाउन÷स्कार्फ टोपी तथा छात्राले औपचारिक पोसाक वा साडी, ब्लाउज र त्रिविले उपलब्ध गराएको गाउन÷स्कार्फ टोपी लगाउनुपर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 254 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसदीय समितिको बैठकमा एनजीओको खाजा !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवार टुंगाे लगाउन एमालेलाई सकस