मधेश प्रदेशमा सरकार बनाउन जनमत पार्टी निर्णायक

पर्सा । मधेश प्रदेशमा जनमत पार्टीको हातमा सरकारको चावी हुने पक्का जस्तै भएको छ । सत्ता गठबन्धन र एमाले जसपा गठबन्धन मध्ये जनमत पार्टीको समर्थन जसलाई हुन्छ उसैको सरकार बन्ने पक्का भएको हो ।

जसपाका केन्द्रिय अध्यक्षलाई नै पराजित गरेको जनमत पार्टीले मधेश प्रदेशमा समानुपातिक तर्फ पनि जसपालाई पछि पार्न सफल भएको छ । तथापि प्रत्यक्ष र समानुपातिक दुवै तर्फका कुल सिटमा भने मधेश प्रदेशको तेस्रो दल जनमत नभई काँग्रेस, एमाले पछि जसपा भएको छ । जसपाले जनमतको भन्दा २ सिट बढि ल्याएर कुल १६ पु¥याएको छ । जनमतका भने प्रत्यक्षका ६ र समानुपातिकका ८ गरी १४ सिट पाएको निर्वाचन आयोगको अन्तिम मत परिणामको तथ्याँकले पुष्टि गरेको छ । जसपाले प्रत्यक्षमा प्रदेश सभा तर्फ ९ सिट जितेको छ ।

प्रत्यक्ष ६४ र समानुपातिकका ४३ गरी कुल १ सय ७ सिट रहेको यो प्रदेशमा जुनसुकै दुई दल मात्र मिलेर सरकार बन्ने सम्भावना छैन । एमाले र काँग्रेस दुवले समान २३–२३ सिट पाएका छन् हुन् । प्रत्यक्षमा १५ सिट ल्याई सबैभन्दा ठूलो दरिएको एमालेले पनि समानुपातिक तर्फको मत परिणाम आउँदा काँग्रेससँगै समान हैसियतको पार्टी बन्न पुगेको छ । एमालेले यो प्रदेशमा समानुपातिक तर्फ प्रदेश सभाका ८ सिट मात्र ल्याउन सकेको छ । काँग्रेसले भने प्रत्यक्षमा १३ सिट र समानुपातिकमा १० सिट पाएको छ ।

लोसमा ७ र ३ गरी १० सिट सहित पाँचौं, माओवादी केन्द्र प्रत्यक्ष र समानुपातिक तर्फ ४–४ सिट ल्याई कुल ८ सिट सहित छैटौं दल बनेको छ । त्यसै गरी एकिकृत समाजवादी ( एस ) पार्टी ४ र ३ सिट सहित सात सिटका साथ सातौं दल बनेको छ । बाँकी ६ सिट भने स्वतन्त्रका छन् ।

यसरी समग्र सिटको तुलना गर्दा सत्ता गठबन्धनका काँग्रेस, माओवादी, लोसपा, समाजवादी मिल्दा पनि सरकार निर्माणको लागि बहुमत पुग्दैन । यसका लागि सरकार गठनमा जनमतको सहारा सत्ता गठबन्धनका दलहरुलाई पनि आवश्यक पर्छ । उता एमालेले अग्रसरता देखाए पनि एमाले, जसपाले मात्र नभइ जनमतकै भर पर्नुपर्ने सम्भावना बढेर गएको छ ।

उता एमाले र काँग्रेस नै आमनेसामने नहुने हो र मिलेर सरकारमा जाने भए भने अन्य कुनै एक दललाई समाए सरकार बन्ने छ । त्यसो भए मधेश केन्द्रित दलहरु भने प्रतिपक्षमा बस्न पर्ने संकेत देखिएको छ । तथापि सरकार निर्माण भने कुन दलको नेतृत्वमा हुन्छ ? त्यो निष्कर्षमा पुग्न केही दिन कुर्नै पर्ने देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 359 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाणगंगाका जनप्रतिनिधिहरुले सपथसँगै पदभार ग्रहण