झारफुकको बाहानामा धामीले गरे बलात्कार

कपिलवस्तु । झारफूक गर्ने भन्दै एक धामीले महिलालाई बलात्कार गरेका छन्। मंसिर २० गते २७ वर्षिय एक युवतीलाई झारफुक गर्ने निहुँमा वाणगंगा नगरपालिका १० मेचकुरीका २७ वर्षिय पप्पु हरिजनले जवरजस्ती करणी गरी फरार रहेका थिए । पिडित युवतीको जाहेरी पछि फरार रहेका हरिजनलाई प्रहरीले मंसिर २७ गते पक्राउ गरेको हो ।

विरामी रहेकी ती युवतीलाई हरिजनले रातको समयमा झारफुक गरे ठिक हुने भन्दै जवरजस्तीकरणी गरेको पिडित युवतीले बताएकी छन् ।

पक्राउ परेका हरिजनले यसअघि पनि यस प्रकारको अपराधिक कार्य गरेको हुन सक्ने भन्ने सूचनाको आधारमा थप अनुसन्धान समेत भईरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 392 times, 1 visits today)

epaper

ताजा समाचार

एकै दिन ४७० सवारीसाधन कारबाहीमा