राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरको राजीनामा स्विकृत


काठमाडौं । क्रिकेट एसोसियसन अफ नेपाल (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले दिएकाे राजीनामा स्विकृत गरेको छ । क्यानले मुख्य प्रशिक्षक प्रभाकरकाे राजीनामा बिहीबार स्विकार गरेको जनाएको छ ।

भारतीय प्रशिक्षक प्रभाकरले बिहीबारबाटै लागु हुने गरी राजीनामा दिएका थिए । तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि गत साउनमा क्यानले प्रभाकरलाई नियुक्त गरेको थियो । क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 218 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण बुधबार