बिजुक्छेको आह्वान : सबै पक्ष लड्न तयार होऔं

क्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले न्यायालयभित्रैबाट राष्ट्रपति बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । अध्यक्ष बिजुक्छेले त्यसविरुद्ध लड्न सबैपक्ष तयार रहनुपर्नेमा पनि जोड दिएका छन् ।

भक्तपुर नगरपालिकाको ७३औं स्थापना दिवसको अवसर पारेर शनिबार आयोजित एक कार्यक्रममा अध्यक्ष विजुक्छेले भारतको छायाँमा मुलुकको कार्यपालिका, न्यायपालिकासमेत जकडिएकाले त्यसविरुद्ध देशभक्त शक्तिले संघर्ष गर्नुपर्ने बताए । उनले प्रधानमन्त्री बनाउने र निर्वाचनमा जिताउने कामसमेत हालसम्म भारतकै निर्णयअनुसार हुने गरेको जिकिर गरे ।

‘अहिले हामी सुन्छौं, न्याय प्रशासनलाई राजनीतिबाट अलग राख्नुपर्ने तर न्याय प्रशासनका एक जनालाई जसरी प्रधानमन्त्री बनाइयो, अहिले राष्ट्रपति बनाउने कुरा चलिरहेको छ । यो हेर्दाखेरी सरल छ । तर, यो धेरै जटिल विषय हो । त्यसकारण कार्यपालिका र व्यवस्थापिका समेतमा भारतको छायाँ छ । यहाँ अन्तर्राष्ट्रिय छायाँ परेको हुनाले देशलाई अझ संकटमा पु¥याउने सम्भावना भएको हुनाले संघर्षको निम्ति सधैं सबै जना तयार रहन म आह्वान गर्छु,’ बिजुक्छेले भने ।

तपाइको प्रतिक्रिया
(Visited 205 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा २ हजार ३२१ महिलाको पाठेघर परीक्षण