अमेरिका । अमेरिकी नाटक ‘क्रिसमस भर्चुअल्ली’ मा नेपाली कलाकार ओमराज राउतले अभिनय गरेका छन् । गत साताको अन्त्यमा डिसेम्बर ९ देखि ११ सम्म अमेरिकाको न्युयोर्कमा प्रदर्शन गरिएको ‘क्रिसमस भर्चुअल्ली’ एलिस क्यामेरोटाद्वारा निर्देशित नाटक हो । क्रिसमस भरचुअलीः मार्कस र फिलिप कोबलरद्वारा लिखित र एलिस क्यामरोटाको निर्देशनमा रहेको नाटक हो ।
एन.वाइ. सी थिएटरबाट जूमद्वारा प्रत्यक्ष प्रदर्शन गरिएको यस नाटकमा कलाकार राउतले रुडोल्फ नामको रेनडियरको भूमिका निभाएका छन् । क्रिसमस नजिकिदै गर्दा रुडोल्फको ठुलो र रातो नाक को कारण भोग्नु परेको दुखलाई राउतले रेनडियरको चरित्र स्टेजमा प्रस्तुत गरेका थिए । राउतले अभिनय गरेको रुडोल्फको भूमिकाबाट दर्शकहरुको मन जित्न सफल भएका छन् । राउतको अभिनयले लीड रेइन्डियर, रुडोल्फको काल्पनिक चरित्रलाई नयाँ जीवन दिएका छन् । दर्शकहरूले रुडोल्फ स्टेजमा भएको हरेक घटनाको भरपुर आनन्द लिए ।
थुप्रै नाटकहरुमा अभिनय गरिसकेका राउतले नेपाली युवाहरुबीच एउटा नयाँ उचाई लिएका छन् । नाटकमार्फत नाम कमाएका राउतले सन् २०२१ को डिसेम्बरमा न्यूयोर्क थिएटर फेस्टिवलमा उत्कृष्ट अभिनेताको मनोनयनमा पर्न सफल भएका थिए । त्यसका साथै उनको फ्रिगिड न्यूयोर्क थिएटर फेस्टिभलमा उत्कृष्ट नाटक लेखनका लागि पनि मनोनयनमा पर्न सफल भएका थिए ।
राउतले विगत ८ बर्षदेखि न्युयोर्कमा नाटक सम्बन्धि अध्ययन र अभिनय गर्दै आएका छन् । अनेकौं थियटरहरुमा आफ्नो संलग्नता र नाटकहरुमा योगदान दिई उनले आफ्नो देशको प्रतिनिधित्व गरेका छन् । यस अगाडि उनले एनवाईसी थियटरद्वारा लाइसिसट्राटा र हाउ टू सरभाइव इन क्वारेनटिन नामको नाटकमा अभिनय गरिसकेका छन् । गत वर्ष फ्रिजिड न्यूयोर्क फेस्टिभलमा उनको एकल नाटक १९५३ः द रेस फर द समिट प्रस्तुत गरेका थिए ।







