फस्ट लुक्समा गोर्खे

काठमाडौं । यही २८ चैतमा रिलिज गरिने भनिएको चलचित्र ‘गोर्खे’को फस्ट लुक्स रिलिज गर्दै प्रदर्शन स्थगित गरिएको छ । यो चलचित्रमा रविन्द्र प्रताप सेन, अञ्जली अधिकारी, अर्जुन गुरुरू, आश्मी लामा, आश्मी श्रेष्ठ, एन्जेल श्रेष्ठ ,बाल्दिप राईलगायतकाको अभिनय रहेको छ ।

फस्ट लुक्सअन्तर्गत शनिबार सार्वजनिक गरिएको दुई पोस्टरमा अभिनेता रविन्द्र प्रताप सेनलाई गोर्खा सैनिकका रूपमा प्रस्तुत गरिएको छ । उनी हतियारसहित गोर्खाली सैनिकका रूपमा फस्ट लुक्समा छन् ।

हरि लामा, तीर्थराम कोजु र हरि थापाले निर्माण गरेको यो चलचित्रको यसअघि सिन्के अचार… र गाउँभरि हल्ला भो…गरी दुईवटा गीत रिलिज गरिएको थियो । गीत सिन्के अचारले चर्चा पाएका छ । यो चलचित्रलाई किस्मत गौतमले निर्देशन गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 271 times, 1 visits today)

epaper

ताजा समाचार

ब्राजिललाई हाइटीले अपसेट गर्न सक्ला ?