कोरोनाबाट जोगिन सन्तोष पन्तको सचेतना भिडियो

काठमाडौं । हास्यव्यंग्य अभिनेता सन्तोष पन्तले कोरोना भाइरसको संक्रमणबाट सबैलाई जोगाउने उद्देश्यले सचेतना फैलाउन डेढ मिनेटको भिडियो बनाएका छन् । आफ्नो चलचित्र हिजो आजका कुराको रिलिज मिति स्थगित गर्दै आफ्नो टिम कोरोना भाइरसविरुद्धको सचेतनामा जुटेको उनले बताएका छन् । हास्य अभिनेता पन्तले भिडियोमार्फत नेपालमा अहिलेसम्म कोरोनाको महामारी नफैलिए पनि सुरक्षित रहन गर्नुपर्ने विधि’bout जानकारी दिएका छन् । उनले भिडियोमा सेनेटाइजर प्रयोग गर्ने, साबुन पानीले हात धुने, अत्यावश्यक काम नभएसम्म घरबाहिर ननिस्कने, भिडभाडमा नजानेलगायतका सावधानी अपनाउन सबैलाई अपिल गरेका छन् ।

‘हामी कलाकारको दायित्व भनेको मुलुकमा समस्या पर्दा सामाजिक अभियानमा लाग्नु पनि हो । अहिलेको सेलिब्रेटी साथी सबैलाई कोरोना भाइरसबाट जोगिन भिडियो बनाएर सामाजिक सञ्जाल तथा टेलिभिजनमार्फत सम्प्रेषण गर्न आग्रह गर्दछु ।’ पन्तले भनेका छन् ।

पन्तले निर्माण गरेको भिडियो सन्देश वैशाख १२ गतेलाई प्रदर्शन मिति तोकिएको ‘हिजो आजका कुरा’ फिल्म टिमले सामाजिक सञ्जालमार्फत सम्प्रेषण गरेको छ । यो टोली फिल्म रिलिजलाई स्थगित गरेर अहिले सामाजिक जनचेतनामा जुटेको छ । 

जसमा कलाकार सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिव्यदेव पन्त, रिमा विश्वकर्मा, जयनन्द लामा, जेविका कार्की, रमेश अधिकारी, विनय कुँइकेल,अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सबिन शाक्यलगायतका रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 217 times, 1 visits today)

epaper

ताजा समाचार

ब्राजिललाई हाइटीले अपसेट गर्न सक्ला ?