धनगढी । लोक रक व्यान्ड नेपथ्यले ‘मानवताको लागि संगीत’ नारा सहित विराटनगरबाट सुरु गरेको कन्सर्ट यतिबेला धनगढीमा आयोजना गरेको छ । धनगढीमा कन्सर्ट सकेर टिम मँगलबार सुर्खेत पुगेको छ । सुर्खेतमा बुधबार यो कन्सर्ट हुँदैछ ।
धनगढीको रँगशालामा दुई वटा म्युजिक भिडियो देखाउँदै नेपथ्यले कन्सर्ट सुरु गरेको थियो । नेपथ्य टोलीले आँगनैभरि हिउँनै झरे…गीतबाट कन्सर्ट सुरु ग¥यो । नेपथ्यको दोश्रो गीत भेँडाको ऊनजस्तो…बाट दर्शक नाच्न सुरु थलेका थिए । त्यसपछि ब्याण्डले छेक्यो छेक्यो…, हिमाल चुचुरे…, लामपाते सुरती…, चरी म¥यो सिसैको गोलीले…, जोमसोमे बजारमा…जस्ता गीत प्रस्तुत गर्दा दर्शकहरु नाचेर पसिना पसिना भए ।
व्यान्डका प्रमुख तथा भोकलिस्ट अमृत गुरुङले गीत संगीत प्रस्तुत गर्ने क्रममा ती गीतको ’boutमा चर्चा पनि गरे । कार्यक्रम अवधिभर गायक अमृत गुरुङले पटक पटक मानवसेवा आश्रमको उद्देश्य’bout बोले । ब्याण्डको पुरानो गीत ‘यो जिन्दगानी’लाई आश्रममा आश्रितहरुको तस्बिर सहितका दृश्यहरुबाट प्रस्तुत गरिएको थियो ।
‘धनै धन भएर यो ठाउँलाई धनगढी भनेको रे हो?’ प्रश्न गरिसकेपछि उनी अगाडि भन्दै थिए, ‘त्यो धनमा मन मिसाएर खुला हृदयले मानवताको सेवा गरौं है ।’ गायक गुरुङले चुनावपछि फेरि समाजमा एकताको आव्हान गर्दै त्यसले नै स्थिरता र विकास दिने तर्क पनि राखेका थिए ।
कन्सर्टको उत्तरार्धमा गाउँ गाउँबाट उठ गीत अमृतले गाउन सुरुगरेपछि धनगढी रंगशालामा भएभरका दर्शकहरुको खुट्टा फेरी बज्रियो । जसका कारण मैदानमा जमेका धुलो उडेर आकाश छेक्लाजस्तै गरि फैलियो । ‘हामीले ठूलो लडाइँ देख्यौं । यो धनगढीमा उतिबेला आउँदा सर्वसाधारण त्रासमा बाँचेका थिए र संसार फेर्छु भन्नेहरु आफै फेरिएको पनि देखियो ।’ अब त्यस्तो लडाइ देख्नु नपरोस् भन्दै अमृतले केही गीत गाएर कन्सर्ट टुँग्याए । समापनको क्रममा उनले तालको पानी, रेशम गाउँदै अन्त्यमा रातो र चन्द्र सूर्य गीत प्रस्तुत गरे ।
मञ्चमा गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए । अमृतले सबै साथीहरुको क्रमैसँग परिचय गराए ।
संगीतका साथै मानवता प्रवद्र्धनकालागि नेपथ्यको यो कन्सर्ट धनगढीमा पनि सफलताका साथ सम्पन्न भएको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताएका छन् ।






