पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज यतिको प्रदर्शनी उडान

काठमाडौं । मुलुकको राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बहुप्रतिष्ठित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण कार्य सम्पन्न भएसँगै निजी वायुसेवा कम्पनी यती एयरलायन्सले सो विमानस्थलबाट आफ्नो नियमित व्यावसायिक उडान भर्न थाल्ने तयारी गरेको छ ।

सोही तयारीअनुसार यति एयरलाइन्सले आज बिहान १० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्ना प्रशिक्षक चालक दलले एटीआर–७२ विमानमार्फत पहिलोपटक प्रदर्शन उडान भर्न लागेको हो ।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले यस्तो जानकारी गराएका हुन् । यही उडान तयारीका लागि अहिले आपूmहरू पोखरामा पुगिसकेको जानकारी गराउँदै उनले यती एयरलाइन्सले चालक दलका सदस्यलाई यो नयाँ विमानस्थलमा अभ्यस्त गर्न र एयरलाइन्सको आन्तरिक तयारीका लागि यस्तो प्रदर्शन (डेमो) उडान भर्न लागेको बताए ।

कम्पनीबाट हुने यस्तो उडानले चालक दलका सदस्यलाई नयाँ विमानस्थलको सम्पूर्ण वस्तुस्थिति’bout राम्रो जानकारी हासिल गर्न सहज हुने भन्दै उनले नेपाल नागरिक उड्डयन प्राधिकरणले पर्यटकीय नगरी पोखरामा आगामी १ जनवरीको नववर्षकै दिनबाट यस अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने तयारी गरेसँगै यती एयरलायन्सले पनि अहिलेदेखि नै नियमित व्यावसायिक उडान भर्ने तयारी गरेको बताए ।

उडान भर्ने तयारीस्वरूप यतीले यो नयाँ विमानस्थलबाट उडान भर्न आवश्यक जनशक्ति तयारी गर्ने, आवश्यक तालिम दिने, भूमिस्थ उपकरण व्यवस्थापन गर्ने, विमानस्थलस्थित अफिस तयारी गर्नेलगायतका आन्तरिक कामलाई तीव्र बनाएको सो एयरलाइन्सले जनाएको छ ।

हाल काठमाडौंबाट पोखराका लागि यती एयरलाइन्सले दैनिक ७ वटा उडान भर्दै आएको छ । अब नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै नियमित उडानको संख्या थप गर्ने र पोखराबाट अन्य विमानस्थलमा क्षेत्रीय उडान भर्ने तयारी गरेको बर्तौलाले जानकारी दिए ।

बर्तौलाले जानकारी गराएअनुसार बिहीबार यतिको जस्तै बुद्ध एयरलाइनसले पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो प्रदर्शन उडान भर्ने छ ।

तपाइको प्रतिक्रिया
(Visited 224 times, 1 visits today)

epaper

ताजा समाचार

११औं दिन माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार