ग्रीष्मको गोर्खेमा विदेशमा काम गर्ने नेपालीको कथा

काठमाडौं । उपन्यासकार ग्रीष्म अविरलले लेखेको नयाँ उपन्यास ‘गोर्खे’ पाठकमाझ आएको छ । अखिल नेपाल लेखक संघको आयोजनामा काठमाडौंमा एक समारोहबीच सो संघका अध्यक्ष डा. मधुसूदन गिरीले यो उपन्यास विमोचन गरेका छन् ।

कार्यक्रममा बोल्दै डा. गिरीले नेपाली साहित्यमा नयाँ कृति जन्मिएको बताए । अर्ध–डायस्पौरिक कृतिका रूपमा गोर्खे आएको बताउँदै डा. गिरीले नेपाली समाजको समेत कलात्मक ढंगले चित्रण यो उपन्यासमा गरिएको छ भने ।

कार्यक्रममा बोल्दै डा. धनप्रसाद सुवेदीले गोर्खे विदेशमा काम गर्ने नेपालीको अर्को नाम भएको बताए । सुवेदीले उपन्यासमा गोर्खेका रूपमा नेपाली जीवनको कथा भनिएको विचार व्यक्त गरे । उनले नेपाली समाजको यथार्थ पक्षलाई उपन्यासले केलाएको जिकिर गरे ।

यस्तै, सो कार्यक्रममा बोल्दै लेखक डा. कौशिला रिसालले नेपाली साहित्यमा ग्रीष्म अविरलले नवीनतम् कृति ल्याएको बताइन् । उनले नेपाली समाजको वास्तविकतालाई उपन्यासले कलात्मक रूपमा उनेको धारणा व्यक्त गरिन् ।

कार्यक्रममा सो पुस्तकमाथि समालोचना गर्दै तेजविलास अधिकारीले भाषाशैली र भौगोलिक यात्रालाई मात्र केन्द्रबिन्दु बनाएर हेर्दा उपन्यासमा स्थानीय रंगको सुन्दर चित्रण गरिएको छ भने ।

ओरिएन्टल प्रकाशनका हरि गौतमले गोर्खे सामाजिक विषयवस्तुलाई आधार बनाएर लेखिएको उयन्यास हो भने । यसमा लेखिएका विषयवस्तु नेपालको सामाजिक जनजीवनका विषय रहेको उनले जिकिर गरे ।

उपन्यासकार ग्रीष्म अविरलले कृतिमा समेटिएको मध्य बुबाको जिन्दगीको घटना यथार्थ भए पनि यसमा उल्लेख गरिएका कतिपय घटना र पात्र काल्पनिक हो भने ।

तपाइको प्रतिक्रिया
(Visited 276 times, 1 visits today)

epaper

ताजा समाचार

भौगर्भिक सम्मेलन आजदेखि, २७ देशका ३५० भूगर्भविद् सहभागी हुँदै