युवराज र निशा सर्वोत्कृष्ट गायक गायिका

काठमाडौं । अग्रज गीतकार श्रीपुरुष ढकाललाई रु.१७ हजार ६९६ रुपैयाँ सहित सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ । अर्थ नेपाल प्रालिद्धारा बिहिबार काठमाडौंमा आयोजित सो समारोहमा साहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ समारोहमा ढकाललाई सो सम्मान गरिएको हो ।

टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी, ज्योती विकास बैंकका एजिएम रामहरी आचार्य, कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापाले प्रदानलगायतले सो सम्मान प्रदान गरे ।

यस्तै अग्रज पत्रकार विजयरत्न तुलाधरलाई ८ हजार ८४८ रुपैयाँ सहित सगरमाथा कला पत्रकारिता रजत सम्मान, पत्रकार कृष्ण भट्टराई, नेमिष गौतम, कल्पना रेग्मी, कमला पन्थीलाई विधागत पत्रकारिता सम्मान प्रदान गरियो ।

समारोहमा आधुनिक विधातर्फ सर्वोत्कृष्ट गायकको अवार्ड युवराज चौलागाई र गायिकाको अवार्ड निशा देशारले जिते । आधुनिकमै युगल गायनको अवार्ड रिता केसी -प्रविण वर्देवाले, नव प्रतिभाको अवार्ड सौगातजंग थापाले हाँसिल गरे ।

यस्तै राष्ट्रिय भावको गीतकारको अवार्ड घनेन्द्र ओझाले, राष्ट्रिय भाव संगीतकारको अवार्ड रोशन बान्तवाले हाँसिल गरे । यस्तै चलचित्र तर्फ गायकको अवार्ड प्रदाप दासले, गायिकाको अवार्ड मेलिना राईले, गीतकारको अवार्ड राजेश कुमार श्रेष्ठले र संगीतकारको अवार्ड एलिस कार्कीले चुमे ।

यस्तै सर्वोत्कृष्ट पप गायकको अवार्ड आशिष सचिनले, पप आधुनिक गायक (जुरी) अवार्ड राज सागरले, पप–आधुनिक गीतकारको अवार्ड विरेन्द्र कुमार बलामीले, पप–आधुनिक गीतकार पुरुष (डायस्पोरा) अवार्ड कुमार मिश्रले, महिला गीतकारको अवार्ड गीता अधिकारीले, आधुनिक संगीतकारको अवार्ड योगेश काजीले र पप संगीतकारको अवार्ड ओम सुनारले हाँसिल गरे ।

आधुनिक र पप तर्फ महिला मोडल अवार्ड रोशनी कार्की र पुरुष मोडल अवार्ड कमल सिंहले यही विधाको जुरी अवार्ड विरेन्द्र नौभाग्यले, नव मोडल अवार्ड अस्मी थापाले र अंश वर्माले म्युजिक भिडियो निर्देशन अवार्ड प्रकाश धितालले, छायाँकार अवार्ड अमृत सुनुवारले हाँसिल गरे ।

यस्तै लोक पप विधामा गायकको अवार्ड ओम सुनारले, गायिकाको अवार्ड निता आचार्यले, यही विधाको जुरी अवार्ड अन्जु श्रेष्ठले हाँसिल गरे ।

लोक दोहोरी विधा तर्फ सर्वोत्कृष्ट गायकको अवार्ड नमराज ढुंगानाले, गायनमै जुरी अवार्ड रामहरी भण्डारीले, पब्लिक च्वाईस अवार्ड जय देवकोटाले, गायिकाको अवार्ड कालिका रोक्का मगरले, लोक दोहोरी शब्द तर्फको अवार्ड विपिन केसीले, लयको अवार्ड सागर विरहीले, लोक दोहोरी नव गायकको अवार्ड रमेश लामिछानेले, नव गायिकाको अवार्ड रिया घलेले हाँसिल गरे । लोक दोहोरी भिडियो तर्फ पुरुष मोडलको अवार्ड निक्स शर्माले, महिला मोडलको अवार्ड एलिना रायमाझीले, नव मोडल महिलाको अवार्ड खुशी थापाले, नव मोडल महिला (जुरी) अवार्ड अपेक्षा सिंहले, नव मोडल पुरुषको अवार्ड यज्ञराज गिरीले, म्युजिक भिडियो निर्देशक अवार्ड स्मृति तिमिल्सीनाले, सम्पादनको अवार्ड अनिलकुमार महर्जनले र लोक दोहोरी म्युजिक भिडियो छायांकारको अवार्ड कृष्णबहादुर थापाले प्राप्त गरे ।

नव गितकारको अवार्ड विजय खड्काले, नव गितकार ( सन्देश मुलक लोक दोहोरीको अवार्ड दान आचार्यले, पप÷ आधुनिक एरेन्जरको अवार्ड जीवन बडुले र क्रियटिभ सिनेमाटोग्राफर अवार्ड मधुर बस्नेतले प्राप्त गरे ।

अवार्डको निर्णायकमा लोक तथा पारम्पारिक गायिका झुमा लिम्बु, गीतकार बद्री पाण्डे, संगीतकार योगेन्द्र उपाध्याय, गायक शंकर थापा (स्माइल), रमेश पाठक र मोडल सनम कठायत थिए ।

तपाइको प्रतिक्रिया
(Visited 101 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बिपक्षी दलबाट राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार टुंगो लागेन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
दम्भले एमालेलाई घाटा