नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्र वितरण सहज बनाउन गृहले गठन गर्‍यो विज्ञ टोली

काठमाडौं । गृहमन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउन पहल थालेको छ । उल्लिखित डकुमेन्ट प्राप्त गर्न लामो र झन्झटिलो प्रक्रिया भएकोले त्यसलाई सहज बनाउन गृह मन्त्रालयले पहल थालेको हो ।

मन्त्रालयले महत्वपूर्ण परिचय पत्र वितरणमा देखिएको समस्या समाधानका लागि अध्ययन गर्न विज्ञको टोली गठन गरेको छ । सूचना प्रविधि विज्ञहरूको टोली गठन गरेर अध्ययन सुरु गरिएको गृहमन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

प्रवक्ता पोखरेलका अनुसार विज्ञको टोलीले अध्ययन सुरु गरिसकेको छ । अध्ययन प्रतिवेदनका आधारमा समस्याको समाधानतर्फ लागिने उनले बताए।

मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गृहमन्त्री रवि लामिछानेले राहदानीलगायत महत्वपूर्ण परिचय पत्र वितरणलाई सहज बनाउने र लाइन लाग्नु पर्ने बाध्यता हटाउने बताएका थिए । उनले राहदानी भागमा अनुगमन समेत गरेका थिए । शनिबार मात्रै प्रधानमन्त्री प्रचण्डसँग भेट गरी नागरिकलाई सहज रुपमा सेवा दिनका लागि विज्ञको टोली गठन गरिएको विषयमा छलफल गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 126 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहमतीमा राष्ट्रपति छान्ने माओवादी निष्कर्ष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
कपिलवस्तुका २० मतदानस्थल अतिसंवेदनशील सूचीमा