चम्किए बेन्जेमा

लन्डन । करिम बेन्जेमाले दुइ गोल गरेपछि स्पेनिस ला लिग फुटबलमा रियल मड्रिडले रियल भालाडोलिडलाई शुक्रबार राति २–० ले पराजित गरेका छ । जितसँगै रियल शीर्षस्थानमा बार्सिलोनालाई एक अंकले पछि पारेको छ । कार्लाेस एन्सेलोटीको टोलीले जोस जारिला मैदानमा कतार फिफा विश्वकप पछि पहिलो खेल खेलेको हो । 

फ्रान्सका अन्तर्राष्ट्रिय खेलाडीले घाइते भएपछि कतार विश्वकप गुमाएका थिए । व्यवसायिक खेलकुदमा फर्किनु अघि बेन्जेमाले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिए । पहिलो हाफ सकिन सात मिनेट अघि बेन्जेमाले पेनाल्टीमा अग्रता बनाएका थिए । खेल सकिन एक मिनेट अघि दोस्रो गोल गरेका थिए । 

खेलको ८२औं मिनेटमा फल गरेपछि भालाडोलिडका सर्जियो लिओन रातो कार्डको सामना गर्न पुगेका थिए । यस अघि खेलको १०औं मिनेटमा रियलले पाएको पेनाल्टी सदुपयोग गर्न सकेन । जाभि सान्चेजले ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई मार्काे एसेन्सियोले सदुपयोग गर्न सकेका थिएनन् । 

तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहमतीमा राष्ट्रपति छान्ने माओवादी निष्कर्ष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
सात पालिका मध्ये अमरगढीमा मात्रै प्रमुखमा महिलाको उम्मेदवारी