ज्यान बचाउने आशमा १२ तला माथीबाट हाम फालेका थिए निराकर

काठमाडौं । बुधबार राती साढे ११ बजेदेखि बिहीबार बिहान साढे ४ बजेसम्म कम्बोडियाको एक क्यासिनोमा भएको आगलागीमा झापाका निराकर पाण्डेको मृत्यु भएको छ । १९ जनाको मृत्यु भएको आगालागीमा एक महिनाअघि ‘भिजिट भिसा’मा कम्बोडिया गएका बिर्तामोडका ४० वर्षीय पाण्डेको मृत्यु भएको हो ।

थाइल्यान्डसँग सीमा जोडिएको उत्तरी कम्बोडियाको ग्राण्ड डायमन्ट सिटी बिल्डिङमा रहेको होटल क्यासिनोमा राति भीषण आगलागी हुँदा उनले उद्धारका लागि दुई घण्टासम्म हारगुहार गरे । तर, केही सीप लागेन । ज्यान बचाउन १२ तल्लाबाट हाम फाल्दा उनको मृत्यु भयो । नेपालमा बिदा भएकाले यो प्रक्रिया हुँदै गरेको र परिवारलाई पनि यससम्बन्धमा जानकारी दिइसकेको बैंककस्थित नेपाली दूतावासले जनाएको छ ।

अहिले दूतावासका तीन कर्मचारी कम्बोडिया पोपेट पुगिसकेका छन् । त्यहाँ रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । क्यासिनोको तल्लो तलाबाट आगलागी सुरु भएपछि मानिसहरू माथिल्लो तलातर्फ भागेका थिए । हारगुहार गर्दा पनि केही सीप नलागेपछि पाण्डेले आफ्नो घर परिवारलाई सम्झिँदै ‘भिडियो कल’ गरे । शुक्रबार सार्वजिनक ‘भिडियो कल’मा आफ्ना ९ वर्षीय छोरालाई सम्झाएको देखिन्छ । उनले भनेका छन्, ‘सानु, मेरो आँखाको नानी बाबु, म तिमीलाई धेरै माया गर्छु है । बाबा अलवेज लभ्स यू । जहाँ भए पनि जसरी बसे पनि बाबाले तिमीलाई सधैं सम्झनुहुन्छ है, बाबु है । आर्मन इज द बेस्ट है सानु । अब सुन है, मामुलाई धेरै माया गर्नु, अग्नि बुबा, लीला मामुलाई माया गर्नू है । बुबा मामुलाई माया गर्नू । सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा । ’ पाण्डेले ‘मामामाइजुलाई पनि माया गर्न’ भनेका छन् ।

उनले अगाडि छोरालाई भनेका छन्, ‘कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न । आफूले सकेको सहयोग गर्नुपर्छ है छोरा । अनि त्यसपछि विशेषगरी मामाहरूलाई कहिल्यै पनि चित्त नदुखाउनू । माइजुहरूलाई चित्त नदुखाउनू । उहाँहरूले धेरै गर्नुभएको छ, माइजुहरूले । लमजुङ बुबाआमाले पनि धेरै गर्नुभएको छ । है सानु तिमी धेरै ठूलो मान्छे बन्नू । ज्ञानी हुनू । अनि रह्यो दिनेश सिलवाल, जो तिमी ठूलोबाबा भन्छौं । उमेरले ऊ मभन्दा कान्छो भए पनि म दाइ भन्छु उसले मलाई दाजु भन्छ । उसलाई एकदम रेस्पेक्ट गर्नू है बाबु । भोलिका दिनमा तिमीले उसैलाई सहयोग गर्छ है बाबु † राम्रो मान्छे बन्नू । कसैलाई चिट गर्नुहुन्न छोरा । मैले जे जति दुःख गरें, हुन्छ कि भनेर कोशिश गरें छोरा । मैले सकिनँ ।’

परिवारलाई सम्झाएपछि उनले बाँच्ने आशा मारेर होटलको १२औं तलाबाट हामफालेका थिए । हामफाल्दा उनको मृत्यु भएको घट्नास्थलबाट लालसिंह खड्काले बताए । गैरआवासिय नेपाली संघ कम्बोडिया अध्यक्ष सिंहले भने, ‘उनले भाग्ने प्रयास नगरेका होइनन् । धेरै कोशिश गर्दासमेत त्यहाँबाट भाग्न सकेनन् । ’cause उनी बाहिर निस्किन कुनै माध्यम नै थिएन । आगो व्यापक भइसकेको थियो । बाहिर निस्कन कुनै उपाय थिएन । चारैतिर आगोको मुस्लो उठिरहेको थियो ।’ उनले उद्धारका लागि इमेरजेन्सी हटलाइनमा पटकपटक सम्पर्कसमेत गरे । पाण्डेले चिनजानका नेपालीलाई समेत आफू बसेको भवनमा आगलागी भएको र फसेको’bout जानकारी म्यासेजमा भिडियो पठाउँदै गराएका थिए । उनले भिडियो म्यासेज पठाएका कतिपय साथी सुतिसकेका थिए ।

उनले कम्बोडियाका एनआरएनए अध्यक्ष लालसिंह खड्कालाई पनि सम्पर्क गरे । आफू बाँच्ने अवस्था नभएको भन्दै उनले आत्तिएर सम्पर्क गरेका थिए । मृतक पाण्डे ‘भिजिट भिसा’मा गएकाले समस्या भइरहेको जनाएको छ । उनी होटलमा गेस्टका रूपमा बस्दै आएको पनि एनआरएन अध्यक्ष लालसिंहले जानकारी दिए । उनले रातको ३ बजेमात्र थाहा पाएको देखिएको छ । उनको शव नेपाल पठाउनका लागि प्रयासरत छ । शव पठाउन परिवारको पत्र गृह र परराष्ट्र मन्त्रालयले सिफारिस गरेर पठाउनुपर्ने प्रावधान कम्बोडियाको छ । नेपालमा बिदा भएकाले यो प्रक्रिया हुँदै गरेको र परिवारलाई पनि यससम्बन्धमा जानकारी दिइसकेको बैंककस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका तीन कर्मचारी आगलागी भएको कम्बोडियाको पोपेट पुगिसकेका छन् । आगलागीमा अन्य तीन नेपाली पनि परेका थिए

तपाइको प्रतिक्रिया
(Visited 108 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजमार्गमा पर्ने भवन भत्काउदैँ इटहरी उपमहानगरपालिका

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
जाजरकाेट ९ अध्यक्षमा एमालेका दानबहादुर शाही विजयी