काठमाडौं । चन्द्रगिरी हिल्सको केवलकार आजबाट केही दिनका लागि बन्द हुने भएको छ।
बिश्वब्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको महामारीले गर्दा आइतबारदेखि चन्द्रगिरी हिल्सको केवलकार केही दिनका लागि बन्द गर्न लागेको हो ।
हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले सरकारको नीति र निर्देशन पालनाका साथै रोग फैलन सजक हुनु पर्ने भन्दै हिल्सको बोर्डको निर्णय अनुसार केही दिनको लागि केवलकार बन्द हुने जानकारी दिए ।
गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्दै अतिआवश्यक बाहेकका सेवा बन्द गर्न निर्देशन दिएका थिए ।
‘अस्ति सरकारले अतिआवश्यक सेवाबाहेकका अन्य बन्द गर्न निर्देशन दिएसँगै हामीले पनि बन्द गर्न लागेका हौं,’ शाहले भने, ‘अर्को निर्णय नभएसम्म बन्द रहने छ ।’
तपाइको प्रतिक्रिया
(Visited 716 times, 1 visits today)






