सिद्धार्थ बैंकको मुसीकोट शाखाको औपचारिक उद्घाटन

काठमाडौं । सिद्घार्थ बैंकले शुक्रबार रुकुमको मुसीकोट शाखाको उद्घाटन गरेको छ ।  बैंकको मुसीकोट शाखाको उद्घाटन मुसीकोट नगरपालिकाका मेयर देवीलाल गौतमले गरेका थिए । बैंकले उक्त शाखा २०७५ असार ३१ गतेदेखि नै सञ्चालन गरी कारोबार गर्दै आएको थियो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १८० वटा शाखा, १०१ शाखारहित बैंकिङ सेवा, २०३ एटीएम र १ हजार ६ सयभन्दा बढी पोस मेसिनमार्फत उच्चस्तरीय बंैैकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले निक्षेपकर्ता तथा ग्राहकलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप सुदृढ, आत्मीय र ग्राहकमुखी बनाउने उद्देश्य लिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 228 times, 1 visits today)

epaper

ताजा समाचार

विद्यार्थीलाई अनिवार्य ४५ प्रतिशत गाडी भाडा छुट दिन सरकारको निर्देशन