सर्लाही । सर्लाहीको मलंगवा नगरपालिकामा रहेको स्तुती सौम्य हेल्थ केयरका संचालक तथा समृद्ध सर्लाही निर्माणका संयोजक डा.गुणेश्वर झा यतिबेला समाजिक कार्यमा खटिरहेका छन् । झा बेलुका साढे ८ बजे दाउरा पसलमा दाउरा किन्दै गरेकाे भेटिए ।
सीतलहर तथा चिसो लगायतको विपद्को समस्याबाट जुधिरहेका विपन्न स्थानियलाई राहत दिन दाउरा किन्न लागेको जवाफ दिए । उनले आफनै व्यक्तिगत खर्चमा दाउरा किन्नेर विपन्न नागरीकलाई चिसोबाट जोगाउन दाउरा वितरण गरिरहेका छन् ।
मलंगवा नगरपालिको गणेशियामा, कविलासी नगरपालिका वडा नं. ९ र १० सलेमपुरको चाेक तथा मुसहर बस्तीमा शितलहरबाट प्रभावित स्थानियलाई जोगाउन दाउरा वितरण गरेकाे बताए । सर्लाहीमा अहिले ७ डिग्री सेलसियस सम्म तापक्रम रहेकाे छ । त्यसमा पनि शितलहरले दलित बस्तीका स्थानियहरु प्रभावित भएका छन् ।
यति मात्र हैन उनले आर्थिक समस्याले जुधिरहेको विपन्न परिवारमा रहेका अपाङ्गता भएको व्यक्तिहरुलाई न्यानो कम्बल र जुता समेत वितरण गरेका छन् । समाजसेवी शिवनाथ राउत कहारको अनुरोधमा ब्रह्म्पुरी गाउँपालिका वडा नं. ५ मा दुष्टिविहिन र अपाङ्ग भएको व्यक्तिलाई कम्बल र जुता वितरण गरेकाे झाकाे भनाई छ ।
बुधवार कविलासी नगरपालिकाको सलेमपुरमा ५० जना विपन्न परिवारमा चिसोबाट जोगाउँन बल्यांकेट वितरण गर्ने जानकारी दिए । ‘भोली बुधबार मुसहर परिवार,अपाङ्गता भएको परिवार र बिधवालाई प्रति परिवार १ थान बल्यांकेट वितरण गर्ने डा. झाको योजना रहेको छ।’ उनले भने । औषधी किन्न पैसा नहुनेलाई उनले व्यक्तिगत खर्चमा औषधी समेत किनेर वितरण दिएका छन् । डा. झा बालरोग विशेषज्ञ हुन् ।
आफुलाई समाजिक कार्य गर्दा सन्तुष्टी भएको बताउछन् । आफुले कमाएको केहि अंश विपन्न नागरिकहरुमा लगानी गर्न पाउँदा खुसी लागेको बताए ।