निशाको लघुकथा ओजन लोकार्पित

काठमाडौं । कथाकार निशा केसीले आफ्नो लघुकथा सङग्रह ‘ओजन’ पाठकमाझ ल्याएकी छिन् । शनिबार काठमाडौ)मा एक समारोहबीच सो लघुकथा सँग्रहको समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, समालोचक प्रा.डा. ज्ञानु पाण्डे, कथाकार केसीलगायतले लोकार्पण गरेका छन् ।

नेपाल स्रष्टा समाजद्धारा आयोजित सो कार्यक्रममा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले कथा र लघुकथा दुबै विधा सृजनामा निशाको लेखन ससक्त रहेको बताए । विषयवस्तुको विविधतासँगै हाम्रा जीवन र समयका यथार्थलाई कथाकारले लघुकथामा कलात्मक रूपमा प्रस्तुत गरेको भनाई रोदनले कार्यक्रममा राखे ।

सो कृतिमाथि कवि ,कथाकार विवश पोखरेलले समीक्षात्मक टिप्पणी गर्दै र कथाहरू बिम्बात्मक र प्रतीकात्मक रहेको बताए ।

समालोचक प्रा.डा. ज्ञानु पाण्डेले विशेषत नारीहरुका समस्यालाई केसीले विमात्मक रुपमा उतारेको बताईन् । यस्तै लघुकथा समाजका अध्यक्ष गोपाल अश्कले केसीका कथाहरूले पाठक मनलाई सहजै प्रभाव पार्ने भनाई सो कार्यक्रममा राखे ।

कार्यक्रममा बोल्दै प्रा डा गौतमले नेपाली आख्यनमा थोरै नारी सर्जक भए पनि उनीहरुको सृजना निकै प्रभावशाली छ भने । नारी आख्यानकारमा निशा केसीले आफुलाई फरक रुपमा स्थापित गर्दै गएको पनि उनले बताए ।

कथाकार निशा केसीले सँग्रहमा समेटिएका मध्य केही लघुकथाहरु आफुले देखेको र भोगेको घटनाका आधारमा सृजना गरेको पनि बताईन् । थोरै शब्दमा धेरै कुरा भन्नु लघूकथाबाट निकै गाह्रो हुने भए पनि आफुले यो विधालाई रोजेर समाजका विभिन्न पक्षलाई लघूकथा मार्फत यो कृतिमा पस्किएको पनि उनले बताइन् ।

तपाइको प्रतिक्रिया
(Visited 53 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बलि दिन भारत पुर्‍याइएकी बालिकाको उद्धार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
प्रचण्ड र देउवाले आज जनकपुरमा सम्बाेधन गर्ने