दुर्घटनाको अध्ययन गर्न फ्रान्सेली टिम पोखरामा

पोखरा । यती एअरलाइन्सको जहाज दुर्घटना’bout अध्ययन गर्न फ्रान्सबाट विज्ञ टोली पोखरा आएको छ । टोलीले बुधबारदेखि नै घटनास्थल पुगेर अध्ययनसमेत थालेको छ ।

टोलीले घटनास्थलको अध्ययन गर्नुका साथै सरोकावालासँग भेटी दुर्घटनाको कारण पत्ता लगाउने जनाइएको छ । एटिआर विमान निर्माता कम्पनिबाटै यहाँका आएको प्रतिनिधि प्रतिनिधि मण्डलले बुधबार दिउँसोदेखि नै अध्ययन थालेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।

टोलीमा ९ सदस्य छन् । नेपालमा पहिलो पटक यसरी एटिआर विमान दुर्घटना भएकोले निर्माण कम्पनीले नै चासो दिएको हो । फ्रान्सेली विज्ञ टोलीले दुर्घटनास्थल सेती खोंच आसपासको अध्ययन गर्नुका साथै प्रत्यक्षदर्शी र सरोकारवालासँग कुराकानी गर्ने नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । टोलीले अध्ययनका लागि सुविधासम्पन्न आवश्यक सामग्री बोकेको छ ।

नेपाल सरकारले पनि दुर्घटनाको छानविन गर्न पूर्व सचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । समितिलाई अध्ययनका ४५ दिनको समय दिइएको छ । सो टोलीले पनि पोखरामै आएर अध्ययन थालेको छ । दुर्घटना जाँज आयोगको सदस्यमा हवाई विज्ञ उपरथी दीपकप्रसाद बास्तोला र अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, हवाई मर्मतविज्ञ एकराज जंग थापा र सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् ।

चालक दलका ४ सहित ७२ जना सवार विमान गएको आइतबार बिहान सेती खोंचमा दुर्घटनाग्रस्त भएको थियो । त्यसमध्ये १५ जना विदेशी नागरिक र अन्य नेपाली थिए । दुर्घटनामा परेकामध्ये हालसम्म् ७१ जनाको शव फेला परेको छ । १ जनाको खोजी कार्य मंगलबार पनि भएको प्रहरी प्रवक्ता खड्काले बताए । ज्यान गुमाएकामध्ये २२ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमपछि परिवारका सदस्य तथा आफन्तलाई बुझाइएको छ । अन्यको शव परीक्षणको लागि काठमाडौं पठाइएको थियो ।

सन् २००७ सालमा निर्मित एन एएनसी कल साइनको एटिआर७२–५०० सिरिजको दुर्घटनामा परेको यती एअरको सो जहाजले १५ वर्षदेखि उडान भर्दै आएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 186 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

अखिलको २३औं सम्मेलनः अध्यक्षका लागि ६ जना प्रतिस्पर्धामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तुलसीपुरमा गठबन्धनलाई हराउदै एमाले उम्मेदवार निर्वाचित