आज प्रतिनिधिसभा उपसभामुखको उम्मेदवारी दर्ता हुँदै

काठमाडौं। प्रतिनिधिसभाको उपसभामुख चयनका लागि शुक्रबार उम्मेदवारी दर्ता हुँदैछ । प्रतिनिधिसभाले बिहीबार सभामुख पाएसँगै आजबाट उपसमाभुखको निर्वाचन प्रक्रिया सुरु गरिएको हो ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार मनोनयन दिउँसो १ देखि अपरान्ह्र ४ बजेसम्मका लागि तोकिएको छ । सत्तागठबन्धनमा उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने समझदारी छ । जसअनुसार उपसभामुख उम्मेदवार चुन्न रास्पवाको संसदीय दलको बैठक जारी छ ।

रास्वपामा सोविता गौतम, सुमना श्रेष्ठ, चन्दा कार्की र इन्दिरा रानाको नाम चर्चामा छ । तर, श्रेष्ठले आफू उम्मेदवार नबन्ने स्पष्ट पारिसकेकी छन् । रास्वपामा बहुमत सांसद सोविता उप्रेतीको पक्षमा देखिएकी छन् । उप्रेतीले बिहीबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओलीलाई भेटेर लबिइङ गरिसकेकी छन् ।

विपक्षी गठबन्धन कांग्रेस, एकीकृत समाजवादीले उपसभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय गरिसकेका छैनन् । त्यसका लागि अझै समय बाँकी रहेकाले आजै दिउँसो छलफल गरेर उम्मेदवारी टुंगो लगाउने कांग्रेस सांसद चन्द्र भण्डारीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 139 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुर मेयरमा रेनु दाहाल २३३८ मतले अगाडि