काठमाडौं । फ्रान्सबाट कतार हुँदै शुक्रबार नेपाल आएका एक व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्दा उनमा कोभिड–१९ पोजेटिभ देखिएको सोमबार अपरान्ह स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । उनी १९ वर्षकी युवती हुन्, उनी चैत ४ गते काठमाडौं आएकी हुन् । उनलाई क्वारेन्टाइनमा राखिएको थियो । त्यसपछि उनको स्वास्थ्य जाँच गरिएको थियो । उनलाई अहिले अस्पतालको आइसोलेशनमा राखिएको छ ।
भूल सुधार :
हाम्रो प्रकाशन राजधानी राष्ट्रिय दैनिकको १० चैत्र (आज सोमबार) को अंकमा पहिलो पृष्ठमा प्रकाशित ‘स्वास्थ्यकर्मी नै जोखिममा, असुरक्षित अस्पताल’शीर्षकको समाचारमा नेपालमा गरिएको कोभिड –१९ परिक्षणसम्वन्धी समाचारमा अन्यथा भएकोले सच्याइएको छ । त्यही समाचार अनलाइन संस्करणमा पनि प्रवाह भएको छ । यसबाट पाठक वर्गमा पर्न गएको भ्रम र असुविधाप्रति गल्ती महसुस गर्दै सच्चाइएका छौं ।
सम्पादक ।






