बाजुरा भूकम्पका कारण ६० घरमा पूर्ण क्षति


टीकापुर । बाजुरामा मंगलवार आएको भूकम्पका कारण भएको क्षतिको विवरण संकलन गरिन थालिएको छ । जिल्लाका दुर्गम क्षेत्रका घर तथा भौतिक संरचनाहरुमा भूकम्पले क्षति गरेको विवरण स्थानीय प्रशासनले संकलनको काम जारी राखेको जनाएको छ ।

बाजुरा जिल्लामा भूकम्पले गरेको क्षतिको पूर्ण विवरण संकलनका लागि प्राविधिकको समूह जिल्लामा पुगेको छ । जिल्लाको हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात र वर्षा भएकाले भूकम्पले गरेको क्षतिको विवरण संकलनको काममा ढिलाई भएपनि विवरण संकलनको प्रारम्भिक कार्य भइरहेको बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताए ।

प्रमुख जिल्ला अधिकारी खड्काले क्षतिको पूर्ण विवरण संकलनका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समूह जिल्लामा पुगेर प्रभावित क्षेत्रमा गएको छ । जिल्लाको बडिमालिका नगरपालिका, हिमाली र गौमुल गाउँपालिकामा भूकम्पले बढी क्षति गरेको छ । जिल्ला कारागारको सुरक्षाकार्डको व्यारेक, बिच्छया प्रहरी चौकी, कुन्ना प्रहरी चौकीमा पनि भूकम्पले क्षति गरेको जनाइएको छ ।

जिल्लाको हिमाली गाउँपालिकाको विच्छ्या केन्द्रबिन्दु भएर मंगलवार दिउँसो २ बजेर ४३ मिनेटमा ५ दशमलव ९ म्याग्नुटूड्को भूकम्प आएको थियो । उक्त भूकपम्पको कारण भिरबाट खसेको ढुंगा लागेर गौमुल गाउँपालिका वडा नम्वर २ कि ३२ वर्षीया जमुना रोकायाको मृत्यु भएको थियो । अन्य तीन जना घाइते भएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 94 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आइजिपीमा वसन्त कुँवर नियुक्त

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
कैलालीमा एमालेले टुंगो लगायो ११ पालिकाका उम्मेदवार