बजारमा नक्कली मदिराको बिगबिगी

काठमाडौं । सरकार महँगा विदेशी मदिरा आयात नियन्त्रणको प्रयासमा जुटिरहे पनि अहिले देसको संघीय राजधानी काठमाडौं उपत्यकामा विभिन्न ब्रान्ड र लेबलका स्वदेशी तथा विदेशी नक्कली मदिराको बिगबिगी देखिएको छ । यसरी नक्कली मदिराको बिगबिगी देखिएपछि काठमाडौं प्रहरीले अनुसन्धान र खोजतलास थालेको छ ।

काठमाडांै उपत्यका प्रहरी कार्यालयको अनुगमन टोलीले विशेष सूचनाको आधारमा बजार अनुगमन गर्ने क्रममा राजधानीमा स्वदेशी र विदेशी ब्रान्डका नाममा नक्कली मदिरा बिक्री हुने गरेको तथ्य फेला परेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली मदिरा उत्पादन र बिक्री कारोबारमा संलग्न भएको आरोपमा विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको छ ।

राजधानीमै भेटियो विदेशी ब्रान्डका नक्कली मदिरा बनाउने कारखाना

प्रहरीले ललितपुरको कुपण्डोलस्थित नेक्स्ट टेस्ट लिक्विर नामक मदिरा पसलका सञ्चालक दोलखा कालीञ्चोक गाउँपालिका–३ का निरज उप्रेती, काठमाडौंको गोंगबु मित्रनगरस्थित एसटी लिक्विर स्टोरका सञ्चालक स्याङजा गल्याङ नगरपालिका–९ का धर्मी गौडेल र सिन्धुली तीनपाटन गाउँपालिका–२ स्थायी घरभई हाल ललितपुरको टिकाथली बस्ने गणेशबहादुर रानामगरलाई पक्राउ गरेको हो ।

यस्तो अवैद्य नक्कली मदिराको कारोबारमा संलग्नलाई सार्वजनिक गर्ने क्रममा उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक डा. मनोज केसीले कारखानाबाट नक्कली मदिरा र मदिरा बनाउन प्रयोग गर्ने केमिकल, विभिन्न स्वदेशी तथा विदेशी ब्रान्डका मदिराको खाली बोतल, राजस्व÷ अन्तःशुल्कको प्रयोग गरिएका स्टिकर तथा लेबलिङ एवं प्याकेजिङ गर्ने सामान र मेसिनलगायत विभिन्न सामग्री बरामद गरिएको बताए ।

केसीले बजार अनुगमनको क्रममा प्रहरीले नक्कली गोल्डेनवाक ६ बोतल, ८ हजार ८ सय ४८ भोड्का ४८ बोतल, मुगलान ४ सय २० बोतल, २ हजार २० एफल ३० बोतल, खुकुरी रम ९२ बोतल र रुस्लान भोड्का १ सय ३२ बोतल बरामद गरेको जानकारी दिए ।

यसैगरी, उनले यस्तो धन्दामा संलग्नबाट विदेशी ब्रान्डका महँगा डबल ब्ल्याक लेबल, रेडलेबलसहितका विभिन्न बोतल पनि बरामद गरिएको बताए । गत १३ माघमा प्रहरीले ललितपुरको कुपण्डोलस्थित नेक्स्ट टेस्ट लिक्विर स्टोरमा खानतलासी गरेको थियो ।

त्यहाँबाट प्रहरीले खुकुरी रम नामक स्वदेशी नक्कली मदिरा उत्पादन गरेको फेला पारेको थियो । त्यसपछि प्रहरीले ललितपुरको टीकाथलीस्थित एक कारखानामा नक्कली मदिरा उत्पादन भइरहेको फेला पारेको थियो ।

नक्कली मदिरा बनाउने कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेपछि सो कारखानामा यस्तो धन्दा भइरहेको खुलासा भएको थियो । प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका टीकाथलीस्थित कारखाना सञ्चालन गरेर विदेशी ब्रान्डका ब्ल्याक लेबल, रेडलेबल र डबल ब्ल्याकलेबलसहितका अनेकथरि मदिरा बनाउने कार्यमा संलग्नलाई पक्राउ गरिएको हो ।

सो कारखानामा धेरैथरिका स्वदेशी मदिराको ब्रान्ड पनि नक्कली बनाउने गरेको पाइएको प्रहरीले जनाएको छ । सो कारखानाबाट उत्पादन हुने नक्कली मदिरा कुपण्डोल, नयाँ बसपार्कलगायतका क्षेत्रबाट धमाधम बिक्री हुने गरेकोे प्रहरीले जनाएको छ । अझै यस प्रकारका अवैध धन्दा’bout थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

स्पष्ट लेबल र मापदण्डविपरीत यसरी धमाधम बिक्री भइरहेका नक्कली मदिरा सेवन गर्दा मानिसको ज्यानै जान सक्ने उच्च जोखिम रहन्छ । यस्ता मदिरा उत्पादन गर्दा खाद्य सुरक्षासम्बन्धी धेरै मापदण्ड पूरा गर्नुपर्नेहुन्छ । अहिले बजारमा बिक्री भइरहेका यस्ता नक्कली मदिरामा आवश्यक कुनै पनि मापदण्ड लागू नभएको प्रहरीले जनाएको छ ।

उनीहरूले प्रयोग गरेका अन्तःशुल्कको स्टिकर’bout समेत थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यी कारखानामा बनाइएका गुणस्तरहीन नक्कली मदिरालाई सहरका विभिन्न स्टोरमार्फत प्रचलित दरभाउभन्दा कम मूल्यमा बेच्ने गरेको पाइएको प्रहरीको भनाइ छ । स्वदेशी तथा विदेशी ब्रान्डका विभिन्न गुणस्तरहीन सो नक्कली मदिरा बनाउने तथा कालोबजारी गर्ने कसुरमा विनोद कार्की, गोपाल पुन मगर र गौरव तामाङ फरार भए पनि अन्य कारोबारी भने पक्राउ परिसकेको प्रहरीले जनाएको छ ।

आइतबार प्रहरीले पक्राउ गरेका तीन जना मात्र नभएर हाल देशभर मदिराको अवैद्य कारोबार गर्नेको संख्या ह्वात्तै बढेको पाइएको छ । राजस्व अनुसन्धान विभागले विभिन्न समयमा गरेको अनुगमनका क्रममा नक्कली मदिराको अवैध कारोबार गरी राजस्व छल्नेक्रम बढेको पाइएको हो ।

विभागका अनुसार चालू आर्थिक वर्ष २०७९÷८० को बितेका साढे ६ महिना १५ माघसम्मको अवधिमा देशभरबाट १७ वटा मदिरा व्यवसायी (आयातकर्ता र बिक्रेता) कारबाहीमा परेका छन् । ती मदिरा कारोबारीले नक्कली एवं चोरी पैठारीको मदिरा बिक्री गर्ने गरेको पाइनुका साथै नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरेको समेत भेटिएको छ ।

विभागका अनुसार यो अवधिमा देशभरका १७ वटा व्यावसायिक फर्मलाई अवैध मदिरा कारोबारमा संलग्न भएको कसुरमा पक्राउ गरी थप अनुसन्धान भइरहेको छ । यस्तो अवैध कारोबारीबाट करिब १८ लाख रुपैयाँबराबरको अवैध मदिरासमेत भेटिएको छ । ती कारोबारीबाट रोयल स्टेग, वल्ड मंक, रेड लेबल र सिक्किमे रमलगायतका स्वदेशी तथा विदेशी मदिराका ब्रान्डको अवैध कारोबार भइरहेको र नक्कली स्टिकर प्रयोग गरेको पाइएको विभागले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 146 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आइजिपीमा वसन्त कुँवर नियुक्त

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
जनकपुरमा मेयरका उम्मेदवार धर्नामा