धनगढी । कैलालीमा बन्चरो प्रहार गरि छोराले आमाको हत्या गरेको छ । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ बगमाराका ४० वर्षीया श्रीराम थारुले आफ्नी आमालाई बन्चरो प्रहार गरेर हत्या गरेका हुन् ।
श्रीरामले मंगलवार ७१ वर्षीया आमा लगनीदेवी थरुनीलाई बन्चरो प्रहार गरेर हत्या गरेका कैलाली प्रहरीले बताएको छ । बन्चरो प्रहारबाट गम्भीर धाइते भएकी थरुनीको उपचारका लागि लम्कीको लालरन्त अस्पताल लगिएको थियो । लम्कीमा उपचार सम्भव नभएपछि धनगढी ल्याइएको थियो
उनको धनगढीको नवजीवन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ ।
घटनामा संलग्न श्रीरामलाई मंगलबार इलाका प्रहरी कार्यालय लम्कीले देउराली सामुदायिक वनबाट पक्राउ गरेको छ । श्रीराम पहिला पनि ज्यान मुद्दामा पाँच वर्ष कारागार बसेको खुलेको छ । श्रीरामले वृद्धभत्ताको रकम आमाले नदिएपछि बन्चरोले ढाड र खुट्टामा प्रहार गरेको र थप अनुसन्धान भइरहेको कैलाली प्रहरी प्रबक्ता डीएसपी वेदप्रकाश जोशीले बताए ।