आकासिएको महँगी घटाऊ

आयातमा र कर्जामा कडाइ गरेपछि नेपालको अर्थतन्त्र सुधारोन्मूख अवस्थामा देखिँदा महँगी भने निकै चुलिएर गएको छ । विदेशी पर्यटकको आगमनमा वृद्धि र रेमिट्यान्समा बढोत्तरी आएसँगै शोधानान्तर स्थितिमा बचत देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकमा पछिल्लो ६ महिनामा अर्थतन्त्रको बाह्य क्षेत्र लगातार सुधारोन्मुख देखिएसँगै यसले अर्थतन्त्रमा सकारात्मक असर पार्दै गइरहेको अनुभूत हुन थालेको अर्थविश्लेषकको मत छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनअनुसार विदेशी मुद्राको सञ्चिति साउनदेखि पुससम्म सबलरूपमा देखापरेको छ । तर, यति नै बेला महँगी भने ७ दशमलव २६ प्रतिशतले वृद्धि हुन गएको छ । गतवर्षको चिन्ताजनक स्थितिबाट यस वर्ष केहीमाथि उक्लिए पनि महँगीले जनताको भने ढाड सेकिरहेको छ । यस’bout सरकारले ठोस कार्यक्रम ल्याउने इच्छाशक्ति देखाउनुपर्छ । यसले मात्र जनताको दैनन्दिनका समस्यामा कमी ल्याउन मद्दत मिल्ने देखिन्छ । देशको आर्थिक अवस्थामा केही सबलताको संकेतसँगै महँगी नियन्त्रणका लागि पनि केही काम गरेर सकारात्मक सन्देश जनतमाँझ पु¥याउन सक्नुपर्छ । गएको वर्ष आर्थिक वर्षको यही अवधिमा बजार महँगी ५.६५ प्रतिशतले बढेको थियो भने यस वर्ष महँगीको यो अनुपात ७ प्रतिशतभन्दा माथि पुगेको छ ।

खाद्य तथा पेयपदार्थमा ६ प्रतिशत मूल्यवृद्धि देखिए पनि गैरखाद्य तथा सेवा समूहमा महँगी भने ९ प्रतिशतले बढेर गएको छ । खाद्यपदार्थको सन्दर्भमा रेस्टुरेन्ट तथा होटलमा महँगी १६ प्रतिशतसम्म पुगेको छ । सुर्तीजन्य पदार्थमा मूल्यवृद्धि १२ प्रतिशतसम्म देखिएको छ । अहिले राजमार्गका होटलमा खाद्यपदार्थमा महँगी अथाह चुलिएको छ । होटल व्यवसायीको मनोमानी चलेको छ । निम्नस्तरको साधाखानाको मूल्य २५० देखि ३०० सम्म रहेको छ । कुखुराको मासुसहितको खानाको मूल्य ४५० देखि ५०० सम्म रहेको छ । बसमा यात्रा गर्ने यात्रुले यही महँगो खाना खान बाध्य भइरहेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकमा महँगी कम देखिने तर बाहिर बजारमा भने महँगी निकै आकासिएको छ । पहिलेदेखि नेपालमा रहेको अन्तरविरोधी तथ्यांक भनेको के हो भने सरकारले सरकारी तथ्यांक पेस गर्ने तर बजारमा चल्ती वा नियन्त्रण बाहिरको भाउ चालू भइरहने देखिएको छ । यसले सरकार गैरजिम्मेवार र उदासिन रहेको स्पष्टरूपमा देखाउँछ । यो वर्ष पनि महँगी रोकिने अवस्था देखिएको छैन । यातायातमा सरकारी तथ्यांकले १७ प्रतिशत बढेको देखाए पनि भाडा लिने काममा मनोमानी देखिँदै आएको छ ।

त्यसैगरी, स्वास्थ्य सामग्रीमा १२ प्रतिशत र मनोरञ्जन तथा संस्कृतिमा ९ प्रतिशत महँगी बढेको राष्ट्र बैंक आफंै बोलिरहेको छ । घरायसी सामान पनि किनिसक्ने अवस्थामा छैनन् । बजारमा बसेर जीवनयापन गरिरहेका सर्वसाधरण अब त्यही निम्न कोटीको जीवन निर्वाह गर्नसक्ने अवस्थामा पनि छैनन् । त्यसैले आर्थिक सुधारका केही सकारात्मक संकेत देखापरेसँगै सरकारले महँगी घटाउने कुरामा ठोस पहल लिनसक्नुपर्छ । आमजनताले महँगी घटेको अनुभूत नगर्दासम्म सरकारप्रतिको विश्वास र भरोसा बढ्न सक्दैन।

तपाइको प्रतिक्रिया
(Visited 254 times, 1 visits today)

epaper

ताजा समाचार

घर फर्किने सपना अधुरै : दुई नेपालीको परदेशमै अन्त्येष्टि