रहेनन चलचित्रका पदम बा

काठमाडौं । नेपाली चलचित्रमा प्राय बुबा तथा हजुरबुबाको भूमिकामा प्रस्तुत हुँदै आएका जेष्ठ कलाकार पदमप्रसाद पौडेल ‘पदम बा’को मंगलबार निधन भएको छ । पौडेलको ९२ वर्षको उमेरमा दमको समस्याका कारण मंगलबार दिउँसो साँढे ३ बजे बुढानीलकण्ठको चपलीस्थित आफ्नै घरमा निधन भएको हो ।

कलाकार पौडेलको मंगलबार बेलुका पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ । उनको परिवारमा श्रीमती, पाँच छोरा, दुई छोरी १४ जना नातिनातिनी छन् ।

उनको पार्थिव शरीर अन्त्यष्टी अघि आर्यघाटमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । पौडेलको पार्थिव शरीरमा कलाकार संघको झण्डा ओढाएर कलाकारहरुले श्रद्धाञ्जली दिए । उनी नेपाल चलचित्र कलाकार संघका आजीवन सदस्य समेत हुन् ।

नेपाली चलचित्रका अहिलेका सबैको अभिभावक पदमबाको निधनले एउटा होनहार कलाकार यो क्षेत्रले गुमाएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले श्रद्धाञ्जली दिने क्रममा बताए ।

संखुवासभाको चैनपुरमा बुबा प्रजापति पौडेल र आमा पवित्रा पौडेलको सन्तानको रुपमा जन्मेका उनले स्वअध्ययनपछि भारतको सिलोङ पुगी त्यहाँ स्कुलको पढाई सम्पन्न गरेर शिक्षकसम्म भएका थिए । ३० वर्ष पढाएपछि जागिरबाट अबकास पाएको पनि केही वर्षपछि मात्र उनी चलचित्रमा कलाकारको रुपमा आएका थिए । उनले शँखुवासभाबाट २०३८ सालबाट राससको प्रतिनिधि भएर लामो समय पत्रकारिता पनि गरेका थिए । उनकी श्रीमती देवकुमारी पौडेलले पनि श्रीमानसँग विभिन्न चलचित्रमा कलाकारको रुपमा अभिनय गरेकी छिन् ।

यो वर्ष नेपालबाट ओस्कार अवार्डमा सिफारिस भएर गएको चलचित्र पौडेल ‘ऐना झ्यालको पुतली’ कलाकार पौडेलको अन्तिम चलचित्र थियो । उनले अभिनय गरेको अर्को चलचित्र ‘नालापानी’मा पनि केही महिना अघि रिलिज भएको थियो । यस्तै रिसानी माफ, उपद्रो, आधा बाटोसहित उनले ६८ वटा चलचित्रमा अभिनय गरेका थिए । टेलिफिल्म, म्युजिक भिडियो र विज्ञापनमा समेत उनले अभिनय गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 161 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा नेमकिपाको 'क्लिन स्विप' , प्रतिस्पर्धीकाे जमानत जफत