मोलुङ हाइड्रोपावरको आइपीओ आजबाट बिक्री खुला

काठमाडौं । मोलुङ हाइड्रोपावरले आज बिहीबार फागुन ४ गतेदेखि आइपीओ निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारणका लागि २७ लाख २८ हजार ५०० कित्ता आइपीओ जारी गरेको हो ।

कम्पनीले ५ प्रतिशतले हुन आउने १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने बाँकी २२ लाख ६४ हजार ६५५ कित्तामा भने सर्वसाधारण आवेदन दिन पाउनेछन्। यस मध्ये १०% अर्थात् २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ ।
 
आवेदकहरुले यसमा फागुन १० गतेसम्म आवेदन दिन सक्नेछन । सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन १८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।  यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 119 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘ओहो ! अहिले पनि पोल्छ’

कुरी-कुरी

Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
महानगरपालिकामा गठबन्धन : जनताले दलकाे आदेश मानेनन्