राहदानी वितरण ढिलाइले कामदारलाई तनाव

काठमाडौं । हाल राहदानी विभागले राहदानी नवीकरण तथा वितरणमा गरिदिएको ढिलाइले वैदेशिक रोजगारिमा रहेका नेपाली कामदार तनावमा परेका छन । विभागले आवश्यक परेको समयमा राहदानी नबनाइदिँदा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई यस्तो तनाव भएको हो ।

मलेसियास्थित नेपाली दूतावासले गर्ने साप्ताहिक जानकारीमूलक कार्यक्रम फेसबुक लाइभमा सहभागी नेपाली कामदारले समयमा राहदानी लिन नपाएकाले आपूmहरूलाई यस्तो तनाव भइरहेको बताए । सो कार्यक्रममा सहभागी अधिकांश नेपाली कामदारको मुख्य जिज्ञासा नै राहदानी कहिले आउँछ ? भन्ने थियो ।

एक वर्षभन्दा कम अवधि रहेको राहदानीमा भिसा नलाग्ने भएका कारण वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई आपूmले माग गरेको समयमा राहदानी नआएको अवस्थामा भिसाको समस्या झेल्नुपर्ने त्रास उत्पन्न भइरहेको मलेसियाको सुरक्षा गार्डमा कार्यरत एक नेपाली कामदारले बताए । उनले समयमा राहदानी नवीकरण गर्न नपाउनु नै सबैभन्दा ठूलो चिन्ताको विषय भएको उनीहरूको भनाइ छ ।

समयमै नवीकरण नहुँदा भिसा नलाग्ने समस्या

कार्यक्रममा सहभागी नेपाली कामदारले यस्तो तनावबीच राहदानी बनाउने मात्रै नभएर राहदानी नवीकरण गर्न अनलाइन प्रणालीबाट विवरण भरेर इनरोलमेन्ट गर्नसमेत समस्या हुने गरेको जनाए । अझै राहदानीको फारम भर्न नै बिदा लिएर बस्नुपर्ने कतिपयको गुनासो छ ।

यसैगरी, साउदी अरेबियास्थित नेपाली दूतावास रियादमा अहिले राहदानी बनाउने नेपालीको संख्या बढेपछि दूतावासमा काम गर्न भ्याइनभ्याइको अवस्था उत्पन्न भएको उनीहरूको भनाइ छ । आवश्यक परेको बेला राहदानी लिन नसकिएपछि भूगोलको दृष्टिकोणले अत्यन्तै फराकिलो रहेकोे साउदी अरबमा राहदानी बनाउन टाढादेखि धाएर दूतावास पुग्नुपर्ने बाध्यताले राहदानी लिने काम एकदमै खर्चिलो बनेको उनीहरूको गुनासो छ ।

उनीहरूले जानकारी गराएअनुसार विभिन्न दूतावासमा राहदानी बनाउन पुगेकालाई कार्यालय समय सकिएपछि दूतावासले सेवा दिने गरेका कारण भने आफूहरूलाई केही राहात मिलेको सहभागी सेवाग्राहीले बताए ।

उनीहरूले नेपालका विभिन्न कूटनीतिक नियोगहरूमा अप्रयाप्त कर्मचारी हुने र कर्मचारी भएको स्थानमा समेत राहदानी वितरणमा ढिलाइ हँुदा आपूmहरू निकै समस्यामा परेको बताए ।

यस्तै, राहदानी नवीकरण एवं वितरणमा ढिलाइ, विभिन्न कागजात प्रमाणीकरणलगायतका काम समयमा सम्पन्न हुन नसकेका कारण धेरै नेपालीले विदेशमा पुगेर पनि अनेक सास्ती भोग्नुपरेको भन्दै गत साता मात्र नेपाल सरकारले विदेशस्थित विभिन्न मुलुकमा रहेका नेपाली दूतावासमा श्रमिकका लागि हेल्पडेस्क राख्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष निर्देशन र पहलपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दूतावासमा हेल्पडेस्क राख्ने निर्णय गरेको हो ।

आफ्ना नागरिकले विदेशमा अनावश्यक दुःख भोग्न नपरोस् भनेर गत माघ पहिलो साता नै प्रधानमन्त्री दाहालले श्रम सचिव एकनारायण अर्यालसहित मन्त्रालयका अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका नेपालीहरूले अनेकौं झमेला र सास्ती भोग्नुपरेको’bout जानकारी लिएका थिए । सोही क्रममा पनि प्रधानमन्त्री दाहालले विदेशमा रहेका नेपाली कामदारका समस्या सम्बोधनका लागि डेस्क राख्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशनपछि श्रम मन्त्रालयले आवश्यक गृहकार्य गरेको थियो । गृहकार्य पूरा गरेपछि मन्त्रालयले विदेशस्थित विभिन्न मुलुकमा कार्यरत श्रमिक एवं कामदारको समस्या सम्बोधन गर्न छुट्टै फोकल डेस्क राख्ने निर्णय गरे पनि अझै सो निणर्य पूर्णरूपमा कार्यान्वयन नभइरहेको विभिन्न देशमा कार्यरत नेपाली कामदारको गुनासो छ ।

तपाइको प्रतिक्रिया
(Visited 494 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाको रैनादेवीछहरामा गठबन्धनका उम्मेदवार विजयी विजयी