इन्डलेस (सेतो कुर्था)मा पोखरा जहाज दुर्घटना कथा

काठमाडौं । आफ्नै प्रेमीसँग फेरि भेट्ने बाचासहित नेपाल घर फर्किँदा पोखरामा जहाज दुर्घटनामा ज्यान गुमाउनुपरेको हालैको घटनालाई म्युजिक भिडियोमा समेटिएको छ ।

गतमहिना ७२ जनाको ज्यान गएको विमान दुर्घटनामा प्रेमिका गुमाएको विषयलाई इन्डलेस (ट्रु लभ नेभर डाइस, अनन्त) गीतको म्युजिक भिडियो (छोटो चलचित्र)मा समेटिएको छ । जसलाई म्युजिकल सर्ट फिल्मको नाम दिइएको छ ।

अमेरिकाको ओहायो राज्यको कोलम्बसमा यो भिडियो तयार गरिएको हो । सन्तोष सुनारको शब्द÷संगीत रहेको यो गीतमा कोलम्बसकै गायक प्रवीण दियालीको स्वर छ । यो भिडियोलाई ओएसआर डिजिटलमार्फत युट्युबमा सार्वजनिक गरिएको छ ।

इन्डलेस (सेतो कुर्ता) बोलको यो गीति लघु चलचित्रलाई कोलम्बस र यसका वरिपरिका रेनोल्डबर्ग, पिक्रिन्टन, प्mयरपोर्ट हारबर ओहायोलगायतको स्थानमा छायांकन गरिएकोे छ ।

यो गीति भिडियोमा बुन्नी शाह, लक्ष्मी बराइली, कमल अधिकारी, पवन ढकाल, लिला अधिकारी, पम्फा अधिकारीको अभिनय छ । नेक्स्टजेन्स प्रोडक्सनको प्रस्तुति रहेको यो गीति चलचित्रलाई गोविन घिमिरेले निर्देशन गरेका छन् । छायांकन र सम्पादन पनि घिमिरेकै हो । जसमा प्रभा सुवेदीको शृंगार तथा भेषभूषा छ ।

तपाइको प्रतिक्रिया
(Visited 396 times, 1 visits today)

epaper

ताजा समाचार

मलेसियामा नेपालीको पीडादायी कथा : ६ वर्षमा २,२१४ जनाको मृत्यु