सेयर बजार २३.६० अंकले घट्यो

काठमाडौं। साताको दोस्रो दिन सोमबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसूचक २३.६० अंकले घटेर २०४६ बिन्दुमा आएर रोकिएको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक करिब ४ अङ्कले घटेर ३९१.५४ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५८ कम्पनीको ६० लाख ९१ हजार ३५३ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब रुपैयाँ ९४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा हिमालय डिस्टिलरी शीर्ष स्थानमा रहेको छ। यसको सोमबार २० करोड ८२ लाखभन्दा बढीको कारोबार भएको छ। यसैगरी साल्ट ट्रेडिङ कर्पोरेशन ११ करोड ४८ लाखभन्दा बढीको कारोबार भएको छ ।

सोमबारको १३ उपसुचकहरु मध्ये म्युचुआल फण्ड र ट्रेडिङ बाहेक सबै कम्पनीमा आरालो लागेको छ। आजको राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको सेयर कारोबार १० प्रतिशतले बढेको छ। 

तपाइको प्रतिक्रिया
(Visited 155 times, 1 visits today)

epaper

ताजा समाचार

बागमतीका मुख्यमन्त्री थापाले पाउलान् त विश्वासको मत ?