विदेशबाट आएका व्यक्ति’bout सूचना दिन गाउँपालिकाकाे आग्रह

पाेखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले केही दिन यता विदेशबाट आएका व्यक्तिको सूचना दिन सम्बद्ध सबैसँग आग्रह गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट जोखिम नहोस् भन्ने उद्देश्यले तत्काल विदेशबाट आएका व्यक्ति’bout सूचना दिन आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए । विदेशबाट आएका व्यक्ति पनि स्वास्थ्य परीक्षण गरी आफूमा सङ्क्रमण भए नभएको’bout ढुक्क बन्न सक्ने र यसले आफन्तजन एवम् साथीभाइलाई पनि कुनै सन्देह नहुने भएकाले गाउँपालिकाले उनीहरूका सम्बन्धमा जानकारी लिन लागेको अध्यक्ष कुँवरले बताए ।

“गाउँपालिका भित्र तत्कालै विदेशबाट कोही आएको भए त्यसको सूचना गाउँपालिका पदाधिकारी, स्थानीय स्वास्थ्य चौकी एवम् प्रहरीमा दिन भनेका छौं,” उहाँले भने, “हालसम्म गाउँपालिका भित्र केही दिन यता विदेशबाट आएका दुई जनाका सम्बन्धमा सूचना प्राप्त भएको छ ।”गाउँपालिकामा आजैदेखि सरकारले शुरु गरेको लकडाउनको पूर्ण प्रभाव परेको बताउँदै उनले सर्वसाधारणले निर्देशन पालना सहित आआफ्नै घरमा सुरक्षित बसेको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 117 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार