Tuesday, April 7, 2020
Home Not-to-be-missed टोकियो ओलम्पिक स्थगित

टोकियो ओलम्पिक स्थगित

अर्काे वर्ष हुने

लसाउने । चौतर्फी दवावपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले चार महिनापछि जापानको टोकियोमा हुने तय भएको विश्व खेलकुदको कुम्भमेला टोकियो ओलम्पिक– २०२० एक वर्षको लागि स्थगित गर्ने निर्णय गरेको छ ।

ओलम्पिक कमिटिका अध्यक्ष थोमस वाच र जापानी प्रधानमन्त्री सिन्जो आवेले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै टोकियो ओलम्पिक सार्ने निर्णय गरेको हो । आइओसी अध्यक्ष वाच र जापानी प्रधानमन्त्रीबीच मंगलबार साँझ कन्फ्रेस कल भएको थियो । सोही कन्फ्रेस कलबाट नै ओलम्पिक सार्ने निर्णय भएको हो ।

कन्फ्रेन्समा टोकियो ओलम्पिक आयोजक कमिटिका अध्यक्ष मोरी यासिरो, ओलम्पिक मिनिस्टर हासीमोटो सेइको, टोकियो सरकारका कोइके युरीको, आइओसी कोर्डिनेसन कमिटिका प्रमुख जोन कोइटेस, आइओसी जनरल निर्देशक क्रिस्टोफे डि किपर र ओलम्पिक खेलका निर्देशक क्रिस्टोफे दुवीको उपस्थित रहेको थियो ।

अध्यक्ष वाच र प्रधानमन्त्री आवेले विश्व नै कोरोना भाइरस (कोभिड–१९) का कारण असामान्य रहेको यसले विश्वलाई नै प्रभाव पारिरहेको अवस्थामा ओलम्पिक आयोजना गर्न नसक्ने उल्लेख गरेको छ । विज्ञप्तिमा अब ओलम्पिक चार महिनापछि नै भएको अवस्थामा पनि खेलाडीको लागि तयारी पर्याप्त नहुने उल्लेख गरेको छ ।

बैठकले ओलम्पिकको मिति घोषणा नगरेपनि २०२१ को समरभन्दा पछि नजाने उल्लेख गरेको छ । ‘वर्तमान परिस्थितिमा विश्व स्वास्य संगठन (डब्लुएचओ) ले प्रदान गरेको जानकारी अनुसार कोरोना भाइरस रोकिने अवस्थामा छैन । आइओसी अध्यक्ष र जापानी प्रधानमन्त्रीबीच कन्फ्रेसमा यही विषयमा छलफल भएको छ । ३३औं ओलम्पिक सार्ने निर्णय भएको छ । तर, २०२१ को समरभन्दा पछि जाने छैन । ओलम्पिक खेलमा समावेश हुने सबै राष्ट्र र खेलाडीको स्वास्थ्य नै ठुलो कुरो हो ।’ विज्ञप्तिमा उल्लेख छ ।

त्यसअघि आइओसीका सदस्य डिक पाउन्डले ओलम्पिक अर्काे वर्षको समरमा सर्न सक्ने बताएको थियो । विश्वभर नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को त्रासको दौरानबीच पनि जापान ओलम्पिक कमिटि र आइओसीले तोकिएका समयमा नै ओलम्पिक आयोजना गर्ने निर्णय गरिरहँदा चौतफी दवाव आएको थियो । आइतबार राति मात्रै आइओसीले तत्काल ओलम्पिक सार्ने समय नभएको र चार सातापछि ओलम्पिकको बारेमा निर्णय गरिने बताएका थिए ।

तर, आइओसीको यो निर्णयससँगै ओलम्पिकमा बढी पदक जित्न सक्ने राष्ट्र बेलायत, अष्ट्रेलिया र क्यानडाले यस्तै अवस्थामा ओलम्पिक आयोजना भए आफ्नो खेलाडी नपठाउने भन्दै चौतफी दवाव दिएका थिए । त्यसपछि नै आइओसी पछि हटेको हो । अब ओलम्पिक अर्काे वर्षको समरमा हुनेछ । टोकियो ओलम्पिक जुलाई २४ देखि अगष्ट ९ सम्म हुने तालिका थियो ।

यसअघि कोरोना भाइरसकै कारण युरोपियन फुटबल एसोसिएसन (युइएफए) ले आगमी जुनलाई तय भएको युरोकप र दक्षिण अमेरिकी फुटबल एसोसिएसन (कोन्काफ) ले कोपा अमेरिका कप एक वर्षको लागि स्थगित गरेको थियो ।

(Visited 23 times, 1 visits today)
Loading comments...

HAMRO PATRO

प्रमुख

कोरोनाको कहर यता पनि : ऐतिहासिक बिस्केट जात्रा पहिलो पटक रोकियो

भक्तपुर । विश्व र नेपालमा पनि विभिन्न क्षेत्र र समुदायलाई कोरोना भाइरसको सङ्क्रमणले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर गरिरहेको छ ।...

कक्षा ११ र १२ को परीक्षा स्थगित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ र ११ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । मंगलबार दिउँसो बसेको परीक्षा बोर्डको...

एम्बुलेन्स चालकलाई व्यक्तिगत सुरक्षा सामग्री

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा सञ्चालन हुने एम्बुलेन्स चालकहरुका लागि निःशुल्क रुपमा व्यक्तिगत सुरक्षा स्वास्थ्य सामग्री हस्तान्तरण...

लकडाउन अवधिभर पुरानै सवारी पास मान्य हुने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौले यस अघि जारी गरेको सवारी पासलाई नै लक डाउन अवधिभर मान्यता दिने निर्णय गरेको छ...

भर्खरै

ब्रिटिस प्रधानमन्त्री जोनसनलाई किन राखियो आईसीयूमा ?

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको उपचार लन्डनको सेन्ट थोमस अस्पतालको इन्टेन्सिभ केयर युनिट (आइसीयु) मा भइरहेको छ । प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा...

आमाको मृत्यु भएको भनी पास लिएपछि…..

काठमाडौं । आफूलाई जन्म दिने बुबाआमाको विषयमा हत्तपत्त जो कोहीले झुठो बोल्दैनन् । त्यही बुबाआमालाई ढाल बनाएर झुटा विवरण पेश गरी फाइदा...

आइसोलेशन वार्डबाट भागेकी कोरोना आशंकित महिला प्रहरी नियन्त्रणमा

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेशनबाट फरार भएकी महिलालाई प्रहरीले धनुषाको सपहीबाट नियन्त्रणमा लिएको छ । ...

कोरोनाको कहर यता पनि : ऐतिहासिक बिस्केट जात्रा पहिलो पटक रोकियो

भक्तपुर । विश्व र नेपालमा पनि विभिन्न क्षेत्र र समुदायलाई कोरोना भाइरसको सङ्क्रमणले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर गरिरहेको छ ।...

धेरै पढिएका

ई-पेपर

(Visited 25 times, 1 visits today)