दार्चुला ।दार्चुलामा युवतीमाथि बलात्कार गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन् । जिल्लाको दुहुँ गाउँपालिका ४ चिनचिरीका ३६ वर्षीय इन्द्रबहादुर बम पक्राउ परेका हुन् ।
उनले गत शुक्रबार राती १९ वर्षीया युवतीमाथि घरमै गएर बलात्कार गरेको दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी जगतगाहा मगरले बताए ।
उनका अनुसार बमलाई २७ फागुन (शनिबार) पक्राउ गरेको हो । उनीमाथि फागुन २६ गते राती घरमै गरेर युवतीलाई बलात्कार गरेको आरोप लागेको छ ।
पक्राउ परेका बममाथि अहिले जिल्ला अदालत दार्चुलाबाट ७ दिनको म्याद थप गरी अनसन्धान भइहरेको प्रहरी निरीक्षक मगरले बताए । आरोपित विरुद्ध जबरजस्तीकरणी अन्तर्गत मुद्दा समेत दर्ता गरिएको छ ।
घरमा कोही नभएको मौकाछोपी बमले रातिको समयमा घरमै आएर जबरजस्ती करणी गरेको पिडित पक्षको भनाई छ । शनिबार जिल्ला अस्पताल दार्चुलामा पीडित युवतीको स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । बम अहिले प्रहरीको हिरासतमा रहेका छन । घटना’bout थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






