स्ववियु निर्वाचनको सकस

विश्व परिवेशमा हेर्ने हो भने नेपालको इतिहासमा विद्यार्थी आन्दोलनमार्फत उठेको चेतनाको लहरले ठूलठूला राजनीतिक परिवर्तन सम्भव गराएकामा दुईमत हुनेछैन । यसमा पनि संगठित विद्यार्थी अभियान र आन्दोलनहरूले विश्वविद्यालय र क्याम्पसका दैनिक शैक्षिक क्यालेन्डरमा मात्रै प्रभाव पारेका होइनन् राष्ट्रिय अहं मुद्दामा सामाजिक–राजनीतिक जागरण र प्रतिकारको भूमिकामा खरो उभिएको सुनौलो इतिहास साक्षी रहेको छ । फलतः स्ववियु निर्वाचन विद्यार्थीको नेतृत्व विकास गर्नका लागि हो । जुन विद्यार्थी वर्गको बौद्धिक एवं शारीरिक क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले विविध कार्यक्रम सञ्चालन गर्दै क्याम्पस तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूका हकहितमा क्रियाशील रहनु विद्यार्थी युनियनहरूको कर्तव्य पनि हो ।

देशमा विश्वविद्यालयहरूको प्राज्ञिक उन्नयनमा सहयोगी संस्थाका रूपमा आफूलाई स्थापित गर्दै नेपालको उच्च शिक्षामा देखिएका विकृतिका विरूद्ध संघर्षशील रहनु विद्यार्थी युनियनको जिम्मेवारी हो । नेपाली उखान रहेको छ, खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ भन्ने मान्यता अनुरूप विद्यार्थीका समस्या विद्यार्थीलाई नै थाहा हुन्छ र त्यसको समाधानका उपाय पनि विद्यार्थीहरूबाटै निस्कन सक्छ भन्ने मान्यता अनुरूप स्वतन्त्र विद्यार्थी युनियनहरू स्थापना गरिएका हुन् । यसरी १९९७ सालमा राणाशासनविरूद्धको प्रतिरोध, २००४ सालको जयतु संस्कृतम् आन्दोलन र २००७ सालको जनक्रान्तिका सिलसिलामा होस् या त त्यसलगत्तै प्रजातान्त्रिक सरकारको क्रियाकलापमा समेत प्रश्न उठाउने सवालमा नेपालमा विद्यार्थी आन्दोलनको तरंगले आमवर्गबीच सुरूदेखि नै गहिरो छाप छोड्दै आएको हो ।

पहिलो प्रजातन्त्र काल २००७–२०१७ सालबीचमै विद्यार्थी संगठनहरू स्थापित हुने क्रम थालिएर १ पुस २०१७ पछि निर्दलीय पञ्चायती व्यवस्थाको उर्वर काल २०२० देखि २०३५ सालको समयमा विद्यार्थी आन्दोलन नै नेपालमा प्रतिरोधी राजनीतिको मियो बनेको तथ्य सबैसामु छर्लंगै छ ।

यसको टड्कारो अभिव्यक्ति २०३६ सालको प्रभावशाली विद्यार्थी आन्दोलन र जनमतसंग्रहको समयमा देखिन्छ । त्यसरी नै पञ्चायतविरूद्ध बहुदलीय प्रजातन्त्रका लागि गरिएको २०४६ सालको जनआन्दोलनमा विद्यार्थी संगठनको भूमिका अग्रपंक्तिमा थियो । यसैक्रममा २०५० सालको दशकको मध्यपछि सत्ता राजनीतिमा हुकुम गर्ने दलका विद्यार्थी संगठन र तिनका मातहत रहेका स्ववियुहरू क्रमैसँग भुत्ते हुँदै गए । २०५८ सालपछि प्रत्यक्ष शासकका रूपमा संक्रमण गरेको शाही सत्ताको विरोधमा प्रतिरोधी विद्यार्थी नेतृत्व पनि तयार नभएको होइन । यसका साथसाथै २०६२–६३ को दोस्रो जनआन्दोलनसम्म आइपुग्दा विद्यार्थी आन्दोलनको क्रान्तिकारी धारा यो चरित्रबाट अझैसम्म अछुतै देखिन्थ्यो ।

त्यसैले विगतमा स्ववियु निर्वाचन आउँदा विद्यार्थी वर्गमा मात्रै केही रापताप देखिने गरेको भएता पनि २०६५ सालपछि हुन नसकेको निर्वाचन यसपटक हुने तयारी भएकाले सर्वत्र चासो बढेको पाइन्छ । पञ्चायतकालमा समेत नियमितता पाएको निर्वाचन गणतन्त्रकालमा भने ओझेलमा परेको थियो । तर, यी दुई विश्वविद्यालयले निर्वाचन घोषणा गरेसँगै तरंग आएको छ ।

मुुलुकमा प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता नियमित रूपमा हुनसकेको छैन । यसमा २८ वर्ष उमेर हद र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि त्रिविले २०७३ सालमा निर्वाचन गराएको थियो । अतः निर्वाचन कार्यतालिकानुसार २९ फागुन दिउँसो २ बजेदेखि २ चैत राति १२ बजेसम्मको समयलाई मौन अवधि तोकिएको छ । आइतबार ५ चैत बिहान ८ देखि दिउँसो ४ बजेसम्म यो स्ववियु निर्वाचनको समय तोकिएको छ । देशभरिका त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन हुनेछ । निर्वाचनमा आंगिक क्याम्पसतर्फ १ लाख ६३ हजार ८२ विद्यार्थी मतदाता छन् । सबैभन्दा बढी पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा १० हजार ८ सय ७० जनाले मतदान गर्दै छन् भने सबैभन्दा कम चितवन इन्जिनियरिङ क्याम्पस रामपुरमा ७१ जना विद्यार्थीले मतदान गर्नेछन् ।

स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले दिएको तथ्यांकनुसार उपत्यकाका २२ वटा क्याम्पसका करिब ७५ हजार विद्यार्थीले मतदान गर्ने भएका छन् । तथ्यांकनुसार धेरै विद्यार्थी भएका क्याम्पसको सूचीको तेस्रो स्थानमा शंकरदेव क्याम्पस रहेको छ । सो क्याम्पसका ८ हजार ४ सय ९० जना विद्यार्थीले मतदान गर्दै छन् । नेपाल कमर्स क्याम्पसमा ८ हजार ८८, पाटन संयुक्त क्याम्पसमा ७ हजार ६ सय ९, बुटवल बहुमुखीमा ७ हजार १ सय ९, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा ५ हजार ७ सय ४८, महेन्द्र बहुमुखी क्याम्पस इलाममा ५ हजार ५ सय ९१, पद्मकन्या क्याम्पसमा ५ हजार ५ सय ९२ विद्यार्थीले मतदान गर्ने भएका छन् ।

२१औं शताब्दीका विश्वविद्यालयहरू विद्यार्थी केन्द्रित हुनुपर्छ । यसमा पनि दलकेन्द्रित विद्यार्थी, कर्मचारी तथा प्राध्यापकहरूलाई यस’bout दीक्षा दिइएकै छैन । जसमा दलीय दीक्षा एवं शिक्षालाई समसामयिक बनाउने चिन्तन पनि सिकाइएको छैन । विश्वविद्यालयहरूलाई विद्यार्थीमैत्री बनाउने अभ्यास पनि गरिएको छैन । अन्तरपुस्तौनी ज्ञान, सीप, विज्ञान तथा प्रविधि खोजिएको पनि छैन । तिनलाई पाश्चात्य ज्ञान, सीप, विज्ञान तथा प्रविधिलाई जोड्ने चिन्तन पनि गरिएको छैन । नयाँ विश्वविद्यालयहरू के हुने, कस्ता हुने, लगानी कसरी गर्ने ? भन्ने’bout छाता सोच पनि बनेको छैन ।

विद्यार्थी, प्राध्यापक तथा कर्मचारीको सोचलाई पेसा पहिलो भन्न सक्ने बनाइएको पनि छैन । स्ववियु निर्वाचन मिश्रित निर्वाचन प्रणालीमा हुँदै छ । त्रिविले यसअघि २०७३ सालमा जम्मा २६ वटा क्याम्पसमा निर्वाचन गराएको थियो । प्रत्येक दुई–दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन कतिपय क्याम्पसमा १४ वर्षदेखि हुन सकेको छैन । स्ववियु निर्वाचनले विद्यार्थी संगठनका गलत क्रियाकलाप नियन्त्रण हुने मात्र नभएर क्याम्पस प्रशासनले गर्ने लापर्बाही रोक्न सकिने विश्वास विद्यार्थीहरूले बताएका छन् ।

देशमा आउँदो ५ चैतका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको पूर्वसन्ध्यामा अशुभ संकेतहरू देखिएका छन् । यसमा पनि खासगरीकन आफूलाई विद्यार्थी नेता भन्नेहरूले मुठभेड तथा अराजकतालाई प्राथमिकता दिएका छन् । स्ववियु कब्जामा लिने अभीष्टका लागि बल प्रयोगका घटना बढेका छन् । प्रतिस्पर्धी संगठनका बीच मात्रै होइन, एउटै संगठनभित्र पनि सांघातिक आक्रमणका घटना बढेका छन् । दिनदहाडै क्याम्पसभित्र नांगा खुकुरी प्रदर्शन भएका छन् ।

केही वर्षअघि आफूबाहेक अरूलाई टेन्डरमा भाग लिन नदिन निर्माण व्यवसायीहरूले जे जसरी गुन्डा परिचालन गर्थे, त्यही झल्को स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा देखिएको छ । सबैभन्दा विडम्बनाको कुरा के छ भने, यसरी मुठभेडमा उत्रनेहरू जिम्मेवार राजनीतिक दलका कार्यकर्ता नै हुन् ।

समग्रमा भन्नुपर्दा त्रिभुवन विश्वविद्यालयका ११ आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको प्रक्रियामा चरम समस्या देखिएको छ । गत सोमबार उम्मेदवारको नामावली सार्वजनिक हुनुपर्ने कार्यतालिका भए पनि राजधानीबाहिरका ६ र उपत्यकाका पाँच गरी ११ क्याम्पसमा समस्या देखिएको छ । अपितु देशमा विद्यार्थी राजनीतिको इतिहास प्रजातन्त्रको इतिहासभन्दा लामो छ । यसर्थ, स्वदेशभित्रको जयतु संस्कृतम् आन्दोलन र प्रवासी विद्यार्थीहरूको चेतनाको उपज हो । यसरी २००७ सालको जनक्रान्ति पनि हो । यसमा विद्यार्थी नेताहरूले धेरै ठूलो संघर्ष र बलिदान गरेको इतिहास ताजै छ ।

नेपालमा स्ववियु निर्वाचन हुन थालेको २०१९ सालदेखि हो । विद्यार्थीको हकहित त स्ववियुको घोषित जिम्मेवारी हुँदै हो । स्ववियु निर्वाचनकै क्रममा विद्यार्थीहरू विचार र सिद्धान्त लिएर प्रस्तुत हुन्थे । कतिपय स्ववियुका कारण सम्पूर्ण स्ववियुहरूको मर्यादामै आँच पुगेका कारण स्ववियु निर्वाचनको सान्दर्भिकता हराएको जस्तै भएका बेला १४ वर्षपछि निर्वाचन हुँदै छ । यसअघि ६५ सालमा पनि सबै क्याम्पसमा निर्वाचन हुन सकेको थिएन । केही थोरै क्याम्पसमा मात्र निर्वाचन भएको थियो । विद्यार्थीहरूमा अरूको भन्दा निश्चय नै बढी जोश हुन्छ । बूढापाकाहरूको भन्दा विद्यार्थीहरूको आवेग बढी हुने कुरामा कुनै शंका छैन । यसमा पनि उनीहरूको उत्तेजना बढी हुने उमेर यही विद्यार्थी उमेर नै हो ।

तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भागबन्डा पु-याउन प्रचण्डलाई सकस

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
काठमाडाैंकाे मेयरमा बालेन साह, उपमेयरमा सुनिता डंगाेल निर्वाचित