लुकासले लिए फुटबलबाट सन्यास

ब्राजिलका पूर्व डिफेन्सिभ मिडफिल्डर लुकास लिभाले फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । मुटुको समस्यापछि लुकासले ३६ वर्षको उमेरमा फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् ।

लिभरपुलका पूर्व खेलाडी लुकासको स्वास्थ्य परीक्षण गराउँदा उनलाई मुटुको समस्या देखिएको थियो । उनले सामाजिक सञ्जालबाट सन्यास घोषणा गरेका हुन् । लुकास २००७ मा ग्रेमियाबाट लिभरपुल आएका थिए । लिभरपुलमा १० सिजन बिताउदा उनले ३ सय ४६ खेल खेलेका थिए ।

लिभरपुल छाडेर उनी २०१७ मा इटालियन क्लब लाजियोमा अनुबन्धित भएका थिए । ब्राजिलका लागि उनले २४ खेल खेलेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 61 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

'हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?'

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
धरानदेखि धनगढीसम्म स्वतन्त्र