सन्दर्भः विश्व मुख स्वास्थ्य दिवस
दाँत निकाल्दा आँखा कमजोर हुन्छ । दाँत सफा गर्दा दाँत कमजोर हुन्छ, हल्लिन्छ वा फाटिन्छ । दाँत जन्मँदा नै आयो, छिटो आयो वा आएन तथा दाह्रा भए अलञ्छिन हुन्छ भनी पूजापाठ ग्रहशान्ति र धामी झाँक्री बसालिन्छ । बूढो भएपछि थोते हुनैपर्छ । नदुख्दा वा समस्या नदिँदासम्म उपचार गर्नुहुँदैन जस्ता गलत मान्यता र अन्य रोगहरूको तुलनामा दाँतको रोगलाई गम्भीर नमान्ने हाम्रो प्रवृत्ति छ ।
सरकारी एवं गैरसरकारी सबै क्षेत्रबाट दन्त चिकित्सालाई आधारभूत स्वास्थ्य नमानी विलासिता र कास्मेटिक उपचार मानिने, दुईसेट दाँत भएकाले दूधेलाई फेरिने त हो भनेर र ३२ वटामा एक–दुईवटा दाँत बिग्रँदै र निकाल्दैमा के हुन्छ र ? दाँत दुखेको बेला ज्यादै सहन नसक्नेगरी दुख्ने र कहिलेकाहीँ दुखाइ कम गर्ने औषधि खाँदा पनि नियन्त्रण नहुने भएकाले पछि फेरि त्यस्तै दुःख दिन्छ भन्ने डर आदिले दन्त स्वास्थ्यसम्बन्धी अशिक्षा, गरिबी, दन्तस्वास्थ्य जनचेतनाको कमी, स्वास्थ्य सुविधाको पहुँको कमी दर्शाउँछ ।
काठमाडौंमै विभिन्न आकर्षक नाम दिएर अदक्षहरूद्वारा च्याउ उम्रेझै खोलिएका डेन्टल क्लिनिकहरूको बाहुल्यताको वर्तमान अवस्थामा जिल्ला गाउँहरूमा दन्त चेतनाको अभिवृद्धि र उपचार सेवा कल्पनाभन्दा बाहिर देखिन्छ र सहरमै पनि दन्त चेतनाको जागरुकता बामेसराइ छ । मुलुकमा ४ हजार जना दन्तचिकित्सक, करिब १ हजार ५ सय दाँत सफा गर्ने हाइजिनिस्ट र ५० जना दन्त प्राविधिक रहेका छन् । सरकारले दन्तचिकित्सालाई खासै महत्व नदिएको र हालसम्म केन्द्रीयस्तरमा दन्त अस्पताल तथा सबै जिल्लामा दन्तचिकित्सकको व्यवस्था हुन नसक्दा अधिकांश नेपाली दाँतसम्बन्धी रोगबाट पीडित रहेका छन् ।
नेपालमा २०७१ सालमा राष्ट्रिय मुख स्वास्थ्य नीति आए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन भने अर्कोतिर मुखसम्बन्धी रोगका ’boutमा चेतनाको अभाव र दन्तचिकित्सा सेवा, प्राविधिज्ञहरूको अपर्याप्तताका कारणले रोगीको संख्या दिन प्रतिदिन बढ्दै छ ।
दन्त स्वास्थ्यसम्बन्धी कमीमा अशिक्षा, गरिबी, दन्तस्वास्थ्य जनचेतनाको कमी, स्वास्थ्य सुविधाको पहुँको कमीले काम गरेको देखिन्छ
मुख्य रोग र प्रकोपता
मुखका रोगहरू गाउँघर तथा सहर बजारमा प्रकोप, प्रकार, किसिममा फरक पर्छ । त्यसैगरी नै प्रकृति, गाम्भीर्य र वर्णानुक्रममा पनि फरक पर्ने गर्छ, किन भने उक्त स्थानमा प्रयोग गरिने खाद्य पदार्थहरू, जनचेतनाको स्तर, व्यस्तताको किसिम तथा प्रकार र धार्मिक सामाजिक तथा आध्यात्मिकताको अवशोषणमा फरक पर्छ । गाउ“घरमा गिजासम्बन्धी रोग, त्यसपछि दाँत खिइने रोग, प्रमुख रूपमा देखापर्छ भने सहर बजारमा दाँत किराले खाने त्यसपछि मुखमा नराम्रा खैरा, सेता वा राता दाग, धब्बा र पत्रहरू पर्छन् । तर, दन्त स्वास्थ्यका प्रमुख रोगहरूको कुरा गर्नुपर्दा दन्तसडन, दन्तहर्षा, पाइरिया, दाँत सिरिङसिरिङ गर्ने, सास गन्हाउने, गिजाबाट रगत आउने, बेरंगी दाँत, नमिलेका दाँत, मुखमा घाउ खटिरा र मुखमा विभिन्न रङ तथा प्रकारका दाग, धब्बा वा पत्र देखापर्नुका साथै यी सामान्य रोगबाट उत्पन्न भएका जटिलता गाला वा चिउँडो सुन्निएको, मुख खोल्न नसकेको, पिनास भएको ट्युमर भएको, क्यान्सर भएको तथा दन्त अपांग वा थोते भएको पनि त्यतिकै भेटिन्छन् ।
मुख–शरीरको प्रवेशद्वार
मुख एक सानो अंग भए पनि मानव अस्तित्वका लागि मुखले ज्यादै महत्वपूर्ण भूमिका निर्वाह गर्छ साथै शरीरको कुनै पनि अंगप्रत्यंग, कोषलाई आवश्यक पर्ने पौष्टिक तत्व, खानाका रूपमा वा नास्ताका रूपमा मुखबाटै लिइने भएकाले नै मुखलाई शरीरको प्रवेशद्वार भन्ने गरिएको हो । तसर्थ, मुखको स्वास्थ्यभन्दा प्रत्यक्ष रूपमा मुख वा यस ’roundको अंगप्रत्यंगलाई बुझाए पनि परोक्ष रूपमा शरीरको सम्पूर्ण अंगप्रत्यंगको स्वास्थ्यस“ग सम्बन्धित रहन्छ ।
मुख आयतनले सानो अंग भए पनि महत्वका आधारमा ज्यादै ठूलो एवं अहं अंग हो । ’cause मुख शरीरको प्रवेशद्वार हो तसर्थ मुखबाट खाइएका वा लिइएका खाद्य पदार्थहरू जस्तैः खाना, नास्ता, औषधिले शरीरका सम्पूर्ण अंगप्रत्यंगलाई स्वस्थ राख्न सहयोग पु-याइरहेका हुन्छन्, जसबाट मात्र एउटा स्वस्थ मानिसको कल्पना गर्न सकिन्छ ।
मुख शरीरको ऐना
एकातिर मुखका अंगप्रत्यंग र दाँतमा देखिने समस्या वा रोगहरू मुखसँगै मात्र सम्बन्धित हुन सक्छन् भने अर्कातिर शरीरका अंगप्रत्यंग वा प्रणालीसँग सम्बन्धित समस्या वा रोगहरूको प्रतिबिम्ब मुखका अंगप्रत्यंगमा देखिएको हुनसक्छ । ती घाउ खटिरा शरीरका अंगप्रत्यंगमा रोग देखिनुभन्दा या त पहिले वा साथसाथै वा पछि देखिने भएकाले नै मुखलाई शरीरको ऐना पनि भनिन्छ । मुखले शरीरका अंगप्रत्यंगमा लाग्नसक्ने वा लागेका विभिन्न प्राणघातक रोगहरूको पहिचान गर्न सहयोग पु¥याइरहेका ज्वलन्त उदाहरण हामीकहाँ प्रसस्तै भेटिन्छन् ।
केहीमा शरीरमा देखिने रोगको परिसूचकको रूपमा अर्थात् शरीरमा रोग देखिनुभन्दा पहिले नै मुखमा समस्या देखिन पनि सक्छ । जस्तै, दादुरा आउनुभन्दा दुई–चार दिनपहिले मुखमा ‘कप्लिक स्पट’ देखिन्छ, एड्समा सबैभन्दा पहिले मुखमा ‘कापोसिस सार्कोमा’ देखिने गर्छ । केहीमा शरीरमा र मुखमा लक्षण तथा चिह्नहरू साथसाथै देखिने गर्छन् । जस्तैः मधुमेहीमा फलफूलको गन्ध, रक्तअल्पतामा मुख र जिब्रोको सुजन हुने गर्छ । यसरी अन्य रोगको निदान गर्न मुखमा आएका घाउ, खटिरा र रोगले सहयोग पु¥याउ“छन् । केहीमा प्रणालीका रोगद्वारा जटिलता उत्पन्न भएर मुखमा समस्या देखिन सक्छन् । जस्तैः कलेजोको रोगमा गिजाबाट रगत आउने, बिग्रेको अन्डाको गन्ध आउने हुन्छ ।
लापर्वाह बन्दा, समयमै ध्यान नदिँदा दाँत तथा मुखका सामान्य रोगहरू तथा समस्याले पनि धेरै जटिलता उत्पन्न गरी अंगभंग हुनुका साथै मृत्युवरण गर्नुपर्ने पनि हुनसक्छ । जति समय ढिलो भयो, त्यति नै उपचारको प्रक्रिया लामो हुने, जटिल हुने, निर्मूल गर्न नसकिने हुनुका साथै महँगो पनि पर्न जान्छ ।
दाँत किराले खाने, दन्तहर्षा र पाइरियाजस्ता सामान्य रोगबाट स्पेस संक्रमण हुन गई पछि गएर खाद्यनली र सास फेर्ने नली थिचिन गई सास फेर्न नसकी मृत्यसमेत हुनसक्छ । साथै सेलुलाइटिस, पिनास र दिमागमा क्याभरनस साइनस थ्रोम्बोसिससम्म हुनसक्छ । त्यसैगरी, गिजा तथा मुखसम्बन्धी रोग भएका व्यक्तिमा अन्य सामान्य स्वस्थ व्यक्तिका तुलनामा श्वासप्रश्वाससम्बन्धी रोग, मुटुसम्बन्धी रोग, बाथज्वरो, अनियन्त्रित मधुमेह, हड्डी कमजोर हुने, हृदयाघात, मस्तिष्कघात हुने सम्भावना बढी हुन्छ । साथै, गर्भवती महिला भए समयभन्दा पहिले नै बच्चा जन्मने र शारीरिक तथा मानसिक रूपले कमजोर बच्चा हुने सम्भावना रहन्छ । धारिला, नमिलेका दाँत, लामो समयसम्मको घाउ, खटिरा, रोग, फोहोर साथै सूर्तिजन्य पदार्थ, सुपारीजन्य पदार्थको सेवन लगातार र लामो समयसम्म भएमा मुखको क्यान्सर हुनसक्छ ।
अन्त्यमा, रोग लागिसकेपछि रोगको उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु अति नै उत्तम तथा उचित हुन्छ । त्यसकारण आत्महत्या गर्नसक्ने सम्मको दुखाइबाट मुक्त रहन, महँगो उपचारबाट राहत पाउन, मुखको रोेगका कारणबाट शरीरका प्रणालीमा लाग्नसक्ने विभिन्न रोगबाट ग्रसित नहुन, प्रणालीमा भएका रोगहरूलाई निको पार्न, साथै औषधिको आवश्यकता कम गर्न लगायत दाँत तथा मुखका अंगभंग हुनबाट जोगाउनका अतिरिक्त ‘स्वस्थ दाँत, स्वच्छ मुख नै स्वस्थ जीवनको आधार हो’ भन्ने उखानलाई चरितार्थ पार्न दाँत एवं मुखको सरसफाइ, खानेकुरामा नियन्त्रण र नियमित रूपमा दन्तपरीक्षण गराउनु जरुरी छ ।