तेस्रो बुद्ध नाटक महोत्सवमा सातवटा नाटक

काठमाडौं । बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश फैलाउन चार वर्षअघिबाट सुरु भएको बुद्ध नाटक महोत्सवको तेस्रो संस्करण आगामी सोमबारबाट सुरु हुने भएको छ ।

‘बुद्ध नाटक महोत्सव–२०२३’ १३ चैतदेखि १७ चैतसम्म पाँच दिन आयोजना हुने सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईले जानकारी गराएका छन् । उनका अनुसार नाटक महोत्सवमा सातवटा मञ्चन हुनेछ । सांस्कृतिक संस्थान र डबली थियटरको संयुक्त आयोजनामा यो नाटक महोत्सव हुँदै छ ।

महोत्सवमा प्रदर्शनी गरिने नाटकमा माया थापाको निर्देशनमा चण्डालिका, प्रशान्त बगालेको निर्देशनमा थ्रि लाफिङ मंक, निकिता गुरुङको निर्देशनमा प्रतिबिम्ब, गीता थापाको निर्देशनमा पट्टाचार, वर्षा भण्डारीको निर्देशनमा पश्चाताप, सस्मिला मगरको निर्देशनमा अम्रपाली र वीरेन्द्र हमालको निर्देशनमा चक्षु रहेको छ । यी सबै बुद्धसँग सम्बन्धित नाटक रहेको पनि राईले बताए ।

‘महोत्सवको अन्तिम तयारी हुँदै छ । सबै नाटकको अभ्यास सम्पन्न भएको छ र कलाकार आ–आफ्नो नाटक प्रस्तुत गर्न आतुर छन् ।’ महाप्रबन्धक राईले बिहीबार सञ्चारकर्मीसँग भने, ‘यी सबै नाटकमा यसपटक सांस्कृतिक संस्थानका कलाकार तथा त्यहाँ अभिनय, नृत्य, गायन, वाद्यवादन सिकिरहेका विधार्थीले अभिनय गर्ने छन् । यसपटक हामीले यहीँका कलाकारलाई नाटकमा उतारेका छौं ।’

महोत्सवको उद्देश्य’bout आयोजक रंगकर्मी तथा डबली थिएटरका अध्यक्ष पुष्कर गुरुङले कोरोनाको कारण एक वर्ष रोकिए पनि त्यसपछि फेरि गत वर्षबाट यसलाई निरन्तर गर्दै आएको पनि उनले बताए । उनले सञ्चारकर्मीसँग यो महोत्सवको उद्देश्य’bout भने, ‘गौतम बुद्ध आफैंमा शान्तिका दूत हुन र उनीमाथि नाटक मञ्चन गरेर समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यसहित हो महोत्सव चार वर्षअघिबाट सुरु गरिएको हो ।’

सो महोत्सवका लागि चयन गरिएको नाटक’bout जानकारी दिँदै महोत्सव क्रियटिभ डिरेक्टर वीरेन्द्र हमालले यसपटक धेरैभन्दा धेरै महिला नाट्यकर्मीलाई सहभागी गराएको बताए, ‘मञ्चन हुने सात नाटकमा पाँचवटा नाटक त महिला निर्देशनले निर्देशन गर्दै हुनुहुन्छ । दुईवटा नाटक मात्र पुरुष निर्देशकले निर्देशन गर्दै छन् । यो नाटकको अवधारण’bout हमालले भने,‘ हामीले यो महोत्सवका लागि केही महिनाअघि १५ दिनको बुद्ध नाटक लेखन कार्यशाला आयोजना गरेका थियौं र सो कार्यशालामा अधिकांश महिला र थोरै मात्र पुरुष रंगकर्मी सहभागी थिए । सोही कारण यसपटक धेरै महिला निर्देशकका नाटक मञ्चन गर्न लागिएको हो ।’

त्यही नाटक लेखन कार्यशालामा लेखिएका करिब एक दर्जन नाटकबाट आपूmहरूले सातवटा नाटक यो महोत्सवका लागि चयन गरिएको हो । यसपटक निर्देशकले नै लेखेका नाटकलाई मञ्चन गरिँदै छ । निर्देशकलाई निर्देशन मात्र नभएर सेट डिजाइन, लाइट डिजाइन र कस्ट्युम डिजाइनको जिम्मेवारी पनि दिइएको हमालले बताए, ‘एउटा नाटक लेखनदेखि निर्देशन तथा प्राविधिक कार्यसम्मको यात्राले सम्बन्धी निर्देशकलाई अझ परिपक्व बनाउँछ भन्ने हाम्रो विश्वास छ,’ हमालले सञ्चारकर्मीसँग भने ।

तपाइको प्रतिक्रिया
(Visited 290 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाले पार्टी अध्यक्ष बनाए हुन्छ: सभापति देउवा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देउवाले रेणुको गुनगान गाए, दाहालले झस्काए