एनआरएन कोरियाले कोरोना पत्ता लगाउने दुई हजार किट्स नेपाललाई दिने

सिओल । गैरआवासीय नेपाली संघ दक्षिण कोरियाले कोरोना भाइरस सङ्क्रमण भएनभएको जाँच गर्न प्रयोग हुने २ हजार किट्स नेपाल सरकारलाई तत्काल सहयोग गर्ने भएको छ । योजनानुरुप किट्स प्रदान गर्ने कम्पनी डोगेनसँग पनि २ हजार प्रति किट्सको सम्झौता भएको एनआरएन कोरियाले जनाएको छ ।

किट्समा बिरामीको -याल राखेर स्क्यान मेशिनमा स्क्यान गरिएपछि तीन घण्टामै कोभिड बिरामी हो वा हैन भन्ने पत्ता लाग्छ ।

सोका लागि एनआरएन कोरियाले यहाँ रहेका नेपालीसँग सहयोग सङ्कलन अभियानसमेत थालेको छ । प्रति किट्स बीस हजार कोरियाली वन (रु दुई हजार) पर्ने भएकाले दुई हजार किट्स लागि रु ४० लाख रुपैयाँ लाग्ने अनुमान छ । यहाँ रहेका नेपालीमा प्रतिव्यक्ति एक किट्स बराबर रकम सहयोग गर्न एनआरएन कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले आग्रह गरेका छन् ।

उनेले भने, “यतिबेला मातृभूमि नेपालले कोरोना भाइरसका कारण जुन विषम परिस्थिति भोग्नुपरेको छ, त्यसका लागि सहयोग गर्न सम्पूर्ण कोरियावासी नेपालीहरूमा अनुरोध गर्दछु ।”

उक्त किट्स कोभिड– १९ को सङ्क्रमणको शङ्का भएका बिरामीमा हो हैन भन्ने पुष्टि गर्न प्रयोग हुन्छ । किट्समा बिरामीको -याल राखेर स्क्यान मेशिनमा स्क्यान गरिएपछि तीन घण्टामै कोभिड बिरामी हो वा हैन भन्ने पत्ता लाग्छ । बिहीबार दिनभर सहयोग सङ्कलन गरेर शुक्रबार कार्गोमार्फत उक्त किट्स चीन पठाइने र चीनबाट नेपाल सरकारको सम्बन्धित निकायले शुक्रबार नै नेपाल पु¥याउने तयारी भएकोसमेत अध्यक्ष सुवेदीले बताए ।

दक्षिण कोरियामा झण्डै ६० हजार नेपाली विभिन्न स्थानमा बसोबास गर्छन् । हालसम्म यहाँ रहेका नेपाली कोरोना सङ्क्रमण हुनबाट सुरक्षित छन् ।

तपाइको प्रतिक्रिया
(Visited 303 times, 1 visits today)

epaper

ताजा समाचार

एमाले केन्द्रीय कमिटी बैठकद्वारा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित