बालकको मृत्युपछि सडक अवरुद्ध

बझाङ । बसको ठक्करबाट मृत्यु भएका बालकका आफन्तले सडक अवरुद्ध गरेका छन् । बालकका आफन्तले क्षतिपूर्ति दिनुपर्ने र दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने मागसहित जयपृथ्वी राजमार्ग अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय बझाङका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए ।

बिहान बसपार्कबाट सबै सवारीका साधन सञ्चालन भए पनि दिउँसोबाट पुनः सडक अवरुद्ध गरिएको हो । शनिबार दिउँसो बझाङको सदरमुकाम चैनपुर नजिकै बसले ठक्कर दिँदा सुर्मा गाउँपालिका–३ का तीन वर्षीय बालकको मृत्यु भएको थियो । बसको ठक्करबाट सुर्मा गाउँपालिका–३ का धनबहादुर बोहराको छोरा ३ वर्षीय सरगम बोहराको मृत्यु भएको हो । सदरमुकाम प्रवेश गर्ने पक्की पुल नजिकै सडकमा खेलिरहेका बालकलाई पवनदूत यातायातको सुपप्र ०२–००१ ख १११९ नम्बरको बसले शनिबार दिउँसो २ बजेतिर ठक्कर दिएको थियो ।

बालकको आमा गाडी अनलोड गरिरहेको समयमा बालक नजिकै खेलिरहेको र घटना अकस्मात् भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

बालकलाई ठक्कर दिने बस चालक बैतडीको पुरचौडी नगरपालिका–५ का गणेश बोहरासमेत स्थानीयको कुटपिटबाट सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चालकलाई थप उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

चालकको टाउको र शरीरमा चोटपटक छ । बालकको मृत्युपश्चात् स्थानीयले बससमेत तोडफोड गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 196 times, 1 visits today)

epaper

ताजा समाचार

डिफेन्डिङ च्याम्पियन एनआरटी फाइनलमा