कपिलवस्तु । उनी तस्बिरमा सिर्जना खोज्छन् । रोमाञ्चकता बढाउ“छन् । तस्बिर हेर्नेहरूलाई उमंगित र आनन्दको अनुभूति गराउ“छन् । मोफसलका फोटोपत्रकार मनोज पौडेल यही विषेशताका कारण परिचित छन् ।
संघीय राजधानी काठमाडौंबाट करिब ३ सय किमी पश्चिम कपिलवस्तुको तौलिहवाका पौडेल अहिले मुलुकमै नाम चलेका फोटो पत्रकारका सूचीमा दरिएका छन् । गाउ“ सहर घुम्दै समाचार संकलन, लेखन, सम्पादन गर्दै अहिले उनी चरा जानकार फोटो पत्रकारमा रूपमा चिनिन थालेका छन् ।
‘चराको आनीबानी, विचरण, जलक्रिया र उडान हेरेर रोमाञ्चक हुन्छु,’ उनी भन्छन्, ‘त्यसैलाई क्यामेरामा फ्रेमिङ गरेर आनन्दित हुन्छु ।’ चराको तस्बिर खिच्न लामो समय खर्च गर्नुपर्नेहुन्छ । चराको समाचार र तस्बिर शिक्षाप्रद र प्रमाणिक बनाउन चराविद् डा. हेमसागर बरालसँग सामिप्यताले आफूलाई सहयोग पु¥याएको उनी बताउँछन् ।
३० वर्ष अगाडि पत्रकारिता सुरु गरेका उनी पछल्लो आठ वर्षदेखि फोटो पत्रकारितामा क्रियाशील छन् । चराको पलपलको गति नियालिरहेका पौडेलले कोभिड–१९ का बेला लकडाउन भएको समय सारसलाई चार महिना पछ्याए । घरदेखि ४५ किमी आवतजावत गर्दै उनले सारसको जीवनचक्र कैद गरे । बुद्ध जन्मस्थल लुम्बिनीमा दैनिकजसो गएर उनले सारसले गु“ड बनाउने ठाउ“ खोज्न थालेदेखि बचेरा हुर्काएर पहिलो उडान गरेकोसम्मका तस्बिर कैद गरेका थिए । जसले उनलाई अन्तर्राष्ट्रियस्तरमै चिनायो ।
बेलायतको वातावरणीय अनलाइन द थर्ड पोल नेटले फोटो फिचर प्रकाशित गरेको थियो । पछि अनलाइको २०१९ को उत्कृष्ट फोटो फिचर घोषित भयो । पारिश्रमिक पनि डलरमै पाए । सारसबाहेक नेपालमा आउने पानी चराको फोटो फिचर पनि सो अनलाइनले प्रकाशित गरेको थियो । यी दुवै फोटो फिचर धेरै देशका अनलाइनले साभार गरेर प्रकाशन गरे । २०२१ मा फेरि सारसकै अर्कै फोटो स्टोरी बंगलादेशको चर्चित दैनिक पत्रिका द बिजनेस स्ट्यान्डर्डले एक पेज प्रकाशन गरेपछि उनको फोटोको चर्चा अन्तर्राष्ट्रियस्तरमै भयो । ‘यसले उत्साह थप्यो,’ उनले भने्, ‘त्यही भएर लागेको छु ।’ उनले विश्वकै दुर्लभ भु“डीफोर गरुड, स्वर्गचरी, श्वेतवक्ष जुरेली र कैलो रविनको लाइफ स्टाइल पत्रिकामा प्रकाशन भइसकेका छन् । उनका चराको स्टोरी म्यान्मार, बु्रनाई, थाइल्यान्ड, सिंगापुर, भियतनाम र भारतका अनलाइनमा पनि भएका छन् ।
हिउँदे आगन्तुक चरा बगाले सिमकुखराले पहिलोपटक जगदीशपुर तालमा बच्चा कोरोलेको उनैले देखेका थिए । ‘१२ वर्षपछि नेपालमा दोस्रोपटक जगदीशपुरमा बच्चा कोरोलेको थियो,’ उनले भने्, ‘यो कुराको पुष्टि चराविद्ले गर्दा उनी निकै खुसी भए ।’ यसअघि सन् २०१० मा कैलालीको घोडाघोडीमा सिमकुखराले बच्चा कोरलेको रेकर्ड थियो ।
चराको संगत गर्दागर्दै उनले थाहा पाए ‘चराको प्राकृतिक रंग यति सुन्दर र कलात्मक हुन्छ कि त्यसले अर्को आनन्द थप्छ,’ अनुभव सेयर गर्दै भने । सन् २०२० को अन्तिम सुर्यास्तको उनको तस्बिर अहिलेसम्मकै उत्कृष्ट हो । बुद्धस्थल कुदानमा गन्तव्यतर्फ फर्किंदै गरेको साइकलको अघिल्लो चक्कालाई पछ्याउ“दै गरेको सूर्यास्तको तस्बिर सा“च्चिकै गज्जब थियो । चक्कासँग चम्कँदै गरेको गहना बनेर सूर्य देखिएको थियो । उत्कृष्ट मुभमेन्ट थियो ।
उनले चार वर्षदेखि अंग्रेजी र विक्रम संवतको नया“ वर्ष आउनुअघि वर्षको अन्तिम सूर्यास्तलाई विषेश बनाउ“दै खिच्न थालेका छन् ।
चराको स्वर्ग मानिने कपिलवस्तुको जगदीशपुर तालबाट देखिएको हिमाल र चराले बा“च्न गरेको संघर्षलाई चित्ताकर्षक शैलीमा उतारेका छन् । बाघ र गैंडालगायत वन्यजन्तुका तस्बिर पनि स्मरणीय बनाउने गरी खिचेका छन् । तराई मधेसदेखि हिमालका जीवन शैली, परम्परा र रीतिरिवाज पनि उनको धेरै रुचाइएका फोटो हुन् ।






