विश्वासको मत दिएको नौ दिनमै कर्णालीबाट बाहिरियो एमाले

सुर्खेत । विश्वासको मत दिएको नौ दिनमै नेकपा एमाले सरकारबाट बाहिरएको छ । एमालेबाट मन्त्री बनेका तीन जनाले मुख्यमन्त्री राजकुमार शर्मालाई सामूहिक राजीनामा दिएर सरकारबाट एमाले बाहिरएको हो । एमाले बाहिरिएपछि अब कांग्रेसलाई सरकारमा जान ढोका खुला भएको छ ।

मुख्यमन्त्री शर्मासामु नेकपा एमालेका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री जीतबहादुर मल्ल र सामाजिक विकासमन्त्री टेकराज पछाईले राजीनामा दिएका हुन् । केन्द्रमा १० पुसको गठबन्धन टुटे पनि कर्णालीमा भने अहिलेसम्म त्यही समीकरणअनुसार नेकपा एमाले तीन मन्त्रालयको जिम्मेवारीसहित सरकारमा रहेको थियो ।

चैत १७ गते शर्माले पुनः विश्वासको मत लिँदा राप्रपाबाहेकका दलले विश्वासको मत दिएका थिए ।

नेकपा माओवादी र एमालेबीचको सहमतिअनुसार गठन भएको सरकारबाट नेकपा एमाले बाहिरिएपछि अब नेपाली कांग्रेस सरकारमा सहभागी हुने निश्चित भएको छ ।

गत १७ चैतमा प्रमुख प्रतिपक्षको भूमिकामा रहेको कांग्रेसले केन्द्रीय गठबन्धनअनुसार नै अघि बढ्ने उद्देश्यसहित सरकारलाई विश्वासको मत दिएको थियो । एमाले बाहिरिएसँगै नयाँ समीकरणअनुसार सरकार गठनको बाटो खुलेको छ ।

शुक्रबार माओवादी केन्द्रका उपमहासचिव जर्नादन शर्मा र कांग्रेस कर्णाली प्रदेशका संसदीय दलका नेता जीवनबहादुर शाहीबीच भेट भएको थियो । भेटमा शर्माले कांग्रेसलाई सरकारमा सामेल हुन आग्रह गरेका थिए । त्यसको जवाफमा नेता शाहीले कर्णालीमा प्रचण्डले संघ र प्रदेशको चुनावको बेला आपूmलाई पहिलो कार्यकालमा मुख्यमन्त्री हुनुपर्ने वचन दिएको र त्यो पालना हुनुपर्ने जफाव दिएको स्रोतले बतायो ।

केन्द्रमा भएको सहमतिअनुसार कर्णाली प्रदेशमा सरकार गठनको टुंगो लगाउने नेता शाहीले बताए । ‘अब कुरा आलोपालोकै आउँछ, सायद उहाँहरू (माओवादी) नेता, पूर्ण दाइ बसेर छलफल गर्नुहुन्छ,’ उनले भने, ‘पहिला एमाले हट्नुप¥यो त्यसपछि छलफल गरौंला भन्ने कुरा भएको थियो । अब एमाले सरकारबाट हटेको छ । केन्द्रमा नै कुरा होला ।’ नेकपा एमालेका कर्णाली प्रदेश संसदीय दलका नेता यमलाल कँडेलले पुरानै सहमतिअनुसार माओवादी नेतृत्वको सरकालाई विश्वासको मत दिने निर्णय गरेका थिए । तर, विश्वासको मत दिएको नौ दिन नबित्दै केन्द्रको राजनीति फेरबदलको दबाबले सरकारबाट बाहिरनुपरेको छ । माओवादी नेतृत्वको सरकारलाई एमालेबाट बाहिरिन पटकपटक दबाव आएपछि एमाले बाहिरिनुपरेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 158 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

भर्खरै

१२ औं वार्षिकोत्सव  शाक्यमुनि किर्ति बिहारमा सम्पन्न

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बुढानीलकण्ठ नगरपालिका वडा नं. १० मा नेकपा एमालेका नवराज भट्टराई विजयी