बाग्मतीमा मन्त्रिपरिषद् विस्तार, अझै पाएन पूर्णता

चुरे मकवानपुर । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा र तीर्थ लामालाई मन्त्रिपरिषद्मा सहभागी गराउँदै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नेपाली कांग्रेस संसदीय दलका नेता लामाको नेतृत्वमा प्रदेश सरकारमा सहभागी भएको हो ।

आइतबार साँझ प्रदेश प्रमुख कार्यालय हेटौंडामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नव नियुक्त मन्त्रीद्वय लामालाई पद तथा गोपनीयताको शपथ गराएका थिए । दलका नेता लामा आर्थिक मामिला तथा योजना मन्त्रालयको र तीर्थ लामालाई खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

मुख्यमन्त्री जम्मकट्टेलले प्रदेशसभामा विश्वासको मत लिएको १६ दिनपछि आइतबार दुई जना मन्त्री मात्र नियुक्त गरेका हुन् । यसअघि प्रदेशमा मन्त्रिपरिषद् विस्तार नहुँदा मुख्यमन्त्रीले मुख्यमन्त्रीसहित आठवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए । अझै पाँचवटा मन्त्रालयमा मन्त्री नियुक्त गर्न बाँकी रहेको छ । कांग्रेससहितका दलले मन्त्री बन्नेको नामावली नपठाउँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।

अरू बाँकी मन्त्री तथा मन्त्रालयको विषयमा छिट्टै निर्णयमा पुग्नेगरी नेपाली कांग्रेस मन्त्रिपरिषद्मा सहभागी भएको बताइएको छ । एकीकृत समाजवादीका तर्फबाट पनि आइतबार नै मन्त्री बनाउने तयारी भए पनि मन्त्री बन्नेको नाम प्राप्त नभएकाले मन्त्रिपरिषद्मा कांग्रेसका दुई जना मात्र सहभागी गराइएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 209 times, 1 visits today)

epaper

ताजा समाचार

पोखरामा स्कुटर दुर्घटना: २ युवकको मृत्यु