१५४ कुकुरको बन्ध्याकरण

धनगढी । धनगढीका एक सय ५४ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । धनगढी उपमहानगरपालिकाको आर्थिक सहयोगमा कुकुरको बन्ध्याकरण गरिएको हो ।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको सचिवालयका अनुसार भ्याली एनिमल क्लिनिक काठमाण्डौँको प्राविधिक सहयोगमा एक सय ५४ वटा कुकुरको बन्ध्याकरण गरेको हो ।

चैत २६ देखि २८ गते तीन दिनसम्म धनगढीका एक सय ५४ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको बताइएको छ। धनगढीमा कुकुरको संख्या धेरै भएकाले बन्ध्याकरण गरिएको हो ।

धनगढीमा बिहानको समयमा सामुदायिक कुकुरले टोक्ने तथा लखेट्ने जोखिम रहेको उपमहानगरपालिकाले जनाएको छ । बन्ध्याकरणले सामुदायिक कुकुरको संख्या घटाउने बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 230 times, 1 visits today)

epaper

ताजा समाचार

रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित