काठमाडौं । ब्युटिसियन ट्यालेन्ट नेपाल २०२३ सिजन पाँचौं उपाधि विराटनगरकी मनीषा श्रेष्ठले जितेकी छन् । उनले ट्यालेन्ट ब्युटिसियनसहित शीर्ष उपाधि जितेकी हुन् । मनीषाले उपाधिसहित ५० हजार रुपैयाँ, नेसनल अस्पताल र चिरायु टेन्टल केयरको स्वास्थ्य सेवा, आईआईएफटीमा मेकअप आर्टिस्टका रूपमा रोजगारी, म्युजिक भिडियोमा काम गर्ने अवसरसहित विभिन्न उपहार प्राप्त गरेकी छन् ।
रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रालिले नाचघरमा मंगलबार बेलुका आयोजना गरेको सो प्रतियोगितामा बेस्ट स्माइलसहित फस्ट रनरअपको उपाधि संगीता सुवेदी अधिकारीले, मोस्ट इन्टेलिजेन्ट ब्युटिसियनसहित सेकेन्ड रनरअपको उपाधि श्वेता मगर श्रेष्ठले हासिल गरे ।
सो प्रतियोगितामा रजनी खड्काले मोस्ट लोयल ब्युटिसियनसहित पब्लिक च्वाइस अवार्ड, गोमा खड्काले मल्टिमिडिया, बेस्ट हेयर टेक्निसियनसहित भिवर्स च्वाइस उपाधि हासिल गरिन् । सरिता गोपालीले बेस्ट मेहेन्दीसहित म्यानेजमेन्ट च्वाइस अवार्ड, रजनी प्रजापतिले मस्ट कन्फिडेन्टसहित म्यानेजमेन्ट च्वाइस अवार्ड जिते ।
यस्तै, पुनम भट्ट साउदले बेस्ट ड्रेस र बेस्ट पर्सनालिटी अवार्ड, प्रनिशा डंगोलले बेस्ट क्याटवाक, भावना ढुंगानाले फोटोजेनिक, मन्जु गोपालीले बेस्ट नेलआर्ट, सुनिता प्रजापति मानन्धरले बेस्ट हेयर स्टाइल (जुरो), कविता श्रेष्ठ बेस्ट मेकअप, संजिना सितिखुले मोस्ट सिभिलिटी, दीपा श्रेष्ठले मोस्ट फेन्ड्ली, संगीता सुवेदी अधिकारीले बेस्ट स्माइल, मन्दिरा श्रेष्ठले बेस्ट डिसिप्लिन, प्रमिला दर्नालले मोस्ट पन्चुअल, विमला श्रेष्ठले मोस्ट बब्ली र अप्सरा कटवालले मस्ट ब्युटिफुलको अवार्ड जिते ।
जयन सुब्बा मानन्धरले कोरियोग्राफी गरेको प्रतियोगितामा १९ जना प्रतियोगी फाइनलमा पुगेका थिए । प्रतियोगिताको निर्णायकमा हास्य अभिनेत्री पल्पसा डंगोल, अभिनेता दिक्पाल कार्की, अधिवक्ता होमाकान्त चौलागाई, डा. प्रकाश पौडेल, डा. सरोज लामिछाने, ब्युटिसियन विमला रिजाल, सुष्मा रावल थिए । यस्तै, यो प्रतियोगिताको क्रिएटिभ डिरेक्टरमा परिषी कारँजित, इभेन्ट म्यानेजमेन्टमा ब्युटिसियन ट्यालेन्ट नेपाल २०१८ कि विजेता सरिता भारती र कार्यक्रम सञ्चालकमा अश्विनी कान्त झा थिए ।
कार्यक्रम आयोजक तथा रोज ब्युटी एकेडेमीकी अध्यक्ष सोनी कारँजितले ब्युटिसियनले पनि पार्लरबाट बाहिर निक्लेर केही गर्न सकून् भनेर उनीहरूको व्यक्तित्व विकासका लागि विगत ६ वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको बताइन् ।
कार्यक्रममा अभिनेत्री गौरी मल्लले चलचित्रमा आपूm आउँदा सुरुका दिनमा नेपालमा मेकअप आर्टिस्ट विदेशबाट मगाउने गरेको र अहिले निकै विज्ञ मेकअप आर्टिस्ट भएको बताइन् । यस्तै, ब्युटिसियन डा. राज्यलक्ष्मी श्रेष्ठले व्यक्तित्व विकास गर्ने राम्रो कार्यक्रम भएको धारणा राखिन् ।
कार्यक्रममा नेसनल तथा इन्टरनेसनल इभेन्ट डिरेक्टर धिज तन्डुकार, अन्तर्राष्ट्रिय मोडल दीपक घिमिरे, शिक्षासेवी लिलबहादुर बुढाथोकी, फेसन डिजाइनर आर्यन गुरुङ, चलचित्र सम्पादक भरत रेग्मी, इभेन्ट डिरेक्टर प्रकाश जोशीसहित विभिन्न ब्युटिसियन सम्मानित भएका थिए । कार्यक्रममा गायक भरत सामरी, गायक ओम सुनार गायिक, गायिका बुनु उप्रेतीले आफ्ना गीत र भावना श्रेष्ठले नृत्य प्रस्तुत गरेर कार्यक्रमको रौनक बढाएका थिए ।







